यात्रु झुक्याएर दोब्बर भाडा असुली
सार्वजनिक यातायातका साधनले मेची राजमार्ग र छोटो दूरीका सडकमा तोकिएभन्दा दोब्बरसम्म भाडा यात्रुबाट असुलिइरहेका छन्।
सार्वजनिक यातायातका साधनले मेची राजमार्ग र छोटो दूरीका सडकमा तोकिएभन्दा दोब्बरसम्म भाडा यात्रुबाट असुलिइरहेका छन्।
सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु र चालकले अनिवार्य रुपमा फेससिल्ड लगाउनुपर्ने नियम ल्याएको छ।
नेपालीको महान् पर्व दसैं शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन्। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन्।
यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो।
कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन्।
सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा उपत्यकालगायत देशभर नै सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ।
सार्वजनिक यातायात व्यवसायीले कोभिड–१९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम झनै बढेको छ। यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
कोरोनाका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दुरीका सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।
यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
यातायात व्यवसायीले आगामी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।
उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।
सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारी सधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।
बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ प्रयोगमा ल्याउने तयारी भएको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन (एएफसी) प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका प्रतिनिधिहरूले महानगरका प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रस्तुति गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गरिने बताएका छन् ।
नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले काठमाडौँ उपत्यकामा आफ्नो सवारीसाधन सञ्चालन गरेको छ। सुन्दर यातायातले यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै मंगलबारदेखि आफ्नो सेवा सञ्चालनमा ल्याएको हो।