६ वैशाख २०८१ बिहीबार

नयाँ वर्षको उपहारः सार्वजनिक यातायातको भाडा वृद्धि!

मन्त्रालयले उपत्यकाबाहेक वाग्मती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुका लागि विगतको भाडादरमा १० प्रतिशत वृद्धि गरेको जनाएको छ। त्यसैगरी अन्य यात्रुवाहक सवारीसाधनको भाडा भने १३ प्रतिशतले वृद्धि गरिएको छ।

सार्वजनिक यातायातः १० महिनाको बीचमा ४३ प्रतिशतले भाडा बृद्धि

विभागले यात्रुवाहक सवारीसाधनको भाडामा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १३ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशत वृद्धि गरेको छ। विभागले यो नयाँ भाडा दर आइतबारदेखि नै लागू हुने जनाएको छ। विभागले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर समायोजन गरेको हो।

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक प्रतिकूल दफाहरु संशोधन गर्न माग समेत गरेका हुन्।

सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही

सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ।

गण्डकी प्रदेश सरकारले पनि यातायातको भाडादर तोक्ने

प्रदेशस्तरमा पहिलोपटक भाडादर तोक्न लागिएको हो। यसअघि संघ सरकारले मात्रै भाडादर तोक्दै आएको थियो।

सार्वजनिक यातायात खुले, सडक खुलेनन्

कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन्।

जाँदाजाँदै ओली सरकारको उपहार: यातायातमा २८ प्रतिशत भाडा वृद्धि

ओली सरकारका यातायात मन्त्री वसन्तकुमार नेम्बाङले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २६ प्रतिशत वृद्धिको निर्णय असार २७ मा गरेका थिए।

मोरङमा सार्वजनिक यातायात सञ्चालन हुने

मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता थपेको हो।

‘सार्वजनिक यातायात नखोले चुप लागेर बस्दैनौं’

यातायात व्यवसायीले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञाले यातायात मजदुर भोकभोकै मर्ने अवस्था सिर्जना भएको भन्दै सार्वजनिक यातायात खुलाउन सरकारसँग माग गरेका छन्।

सार्वजनिक यातायात मजदुरलाई खोप देऊ

सार्वजनिक यातायात क्षेत्रका तीनवटै मजदुर संगठनले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई भेटी सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई तुरुन्तै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

झाडिमा लुक्दै गाडी

लामो तथा छोटो दूरीको सार्वजनिक यातायात रोकिएको झन्डै ५० दिन पुग्यो। कोरोना भाइरस संक्रमणको दोश्रो लहर बढेसँगै निषेधाज्ञा लागु गरेपछि सार्वजनिक यातायातका साधन गुड्न रोकिएका थिए। यो अवधिमा थन्किएका सवारी अहिले घाँसेझाडिमा लुक्न थालिसकेको व्यवसायीले बताएका छन्।

अझै तंग्रिएन सार्वजनिक यातायात

बिहानदेखि बेलुकासम्म सार्वजनिक यातायात चलाएर आउने आम्दानीले जीवन गुजारा गर्दै आएका छन्। सरकारले कोभिडका कारण तीन महिना लामो लकडाउन गरेपछि सार्वजनिक यातायात ठप्प रह्यो। तीन महिनापछि सरकारले यातायात सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्किन सकेको छैन।

सार्वजनिक यातायातमा कोचाकोच, छैन सुरक्षा मापदण्ड

सरकारले कोरोना संक्रमण भएका विद्यालय बन्द गर्ने निर्णय गरे पनि सार्वजनिक यात्रामा भने त्यति ध्यान दिएको देखिँदैन। दिनहुँ जसो सार्वजनिक यातायातमा निकै भीडभाड देख्न सकिन्छ। सिटभन्दा दोब्बर यात्रु राखेर सार्वजनिक यातयात चलिरहेका छन्। उनीहरूले न माक्स लगाउँछन् न सामाजिक दूरी त परैको कुरा।

सार्वजनिक यातायातमा मास्क अनिवार्य

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो।

लयमा फर्कियो सार्वजनिक यातायात

कोभिड–१९ ले थिल्थिलो भएको सार्वजनिक यातायात लयमा फर्किएको छ। सार्वजनिक यातायातमा यात्रुको चहलपहल मात्रै बढेको छैन, अटोमोबाइल र यातायात व्यवसाय पनि क्रमशः पुरानै लयमा फर्किन थालेको छ। लकडाउन कोरोना संक्रमण चर्किएका बेला घर र ग्यारेजमा थन्किएका सवारी साधन राजमार्गमा बाक्लै देखिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्