६ आश्विन २०८१ आइतबार
image/svg+xml

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन्।

प्रतिकुल माैसमका कारण ओली चढेको हेलिकप्टर सिमरामा अवतरण

एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेस तथा वृहत जनसभालाई आज दिउँसो १ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। हेलिकप्टर राैतहटकाे गाैरमा अवतरण गर्ने भनिएको थियो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः मुख्य अवरोध नहट्दै संचालनको तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आइतबार बसेको संचालक समितिको बैठकले आगामि पुस १७ (सन् २०२३ जनवरी १) देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने निर्णय त गर्‍यो। तर, विमानस्थल संचालन हुनुअघिका केही काम भने अझै अपूरा छन्। विमानस्थल संचालनमा मुख्य बाधक मानिएका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण सम्भव नहुने यसअघि विज्ञहरुले बताइसकेका छन्।

सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैनः मन्त्री बडू

'सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ।' मन्त्री बडूले भने, 'यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ।'

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान आन्तरिक की अन्तर्राष्ट्रिय?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारी नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) को छ। विमानस्थल संचालनमा आउने दिन नजिकिँदै जाँदा एउटा बहस भने पोखरेलीबीच सुरु भएको छ। त्यो बहसको विषय हो–पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सुरुवात आन्तरिकबाट थाल्ने वा अन्तर्राष्ट्रिय उडानबाट?

विराटनगर जुट मिल फेरि सञ्चालन गरिन्छः मन्त्री बडू

विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए।

वामपंथी दलबीच चुनावी मोर्चा हुनसक्छः प्रचण्ड

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए। भट्टराईले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उनीसँग समेत एकताको विषयमा कुरा चलिरहेको बताए।

धावनमार्ग अझै नबढेकोमा मन्त्रीको ध्यानाकर्षण

भरतपुर विमानस्थलमा २०१९ सालदेखि उडान सुरु भएको थियो। यो विमानस्थल ५८ विघामा रहेको छ। तर, यसको विस्तार भने अझै हुन सकेको छैन।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘क्यालिब्रेसन फ्लाइट’ हुन नपाएपछि म्याद थपियो

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोश्रोपटक म्याद थपिएको छ। विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि म्याद थप्नुपरेको विमानस्थल आयोजनाले बताएको छ। झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको छ।

प्याराग्लाइडिङ व्यवसायीको अनुरोधः १० देखि १२ बजेसम्मको समय हामीलाई देउ

विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङलाई विस्थापित नगरी स्थापित गर्नुपर्ने उनीहरुको भनाइ छ। बरु, थप अनुशासनमा बसेर उडान गर्न आफूहरु तयार रहेको उनीहरु बताउँछन्। विमानस्थलको उडान र अवतरणलाई धेरै समय अप्ठेरो नपार्ने गरी दिनमा दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) समय प्याराग्लाइडिङ उडानका लागि छु्ट्याइदिन उनीहरुको आग्रह छ। प्याराग्लाइडिङ विस्थाति भए पोखराको साहसिक पर्यटनले ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको तर्क छ।

निजगढमा सत्तारुढ दलको चुनावी ‘स्टन्ट’ वा अरू केही?

अधिवक्ता प्रकाशमणि शर्माले विमानस्थल निर्माणका अन्य विकल्प नखोजी र तिनलाई बाहिर नल्याई त्यही ठाउँमा बनाउँछु भनेर अघि बढ्ने हो भने उहाँहरूले फेरि पनि अदातलको अवहेलनाको मुद्दा खेप्नुपर्ने बताए। ‘यसैगरी अघि बढ्ने हो भने उहाँहरूले दुई वर्षसम्म कैद र अदालतमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने हुनसक्छ,’ उनले भने।

ठूला आयोजनामा विलम्ब नगर

मुलुकका लागि आवश्यक मेघा आयोजना बनाउनुअघि नै सम्पूर्ण तयारी गर्नु आवश्यक छ। आयोजना घोषणा भएपछि तोकिएको समयमा बनाउन कंहीँ कतैबाट व्यवधान नहुने वातावरण बनाएमात्र लिएको ऋणको उपयोगिता हुनेछ।

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

समाचारको सारांशत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन ९अपरेसन बेस० अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन्।

निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्