१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिकुल माैसमका कारण ओली चढेको हेलिकप्टर सिमरामा अवतरण

रौतहटको गौरमा ओलीको सम्बोधनका लागि तयार पारिएको मञ्चमा ओलिलाई कुरेर बसिरहेका अन्य अतिथि।

रौतहटको सदरमुकाम गौरमा पार्टीको कार्यक्रमका लागि आउँदै गरेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर प्रतिकुल मौसमका कारण बाराको सिमरा विमानस्थलमा अवतरण गरेको छ।

एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेस तथा वृहत जनसभालाई आज दिउँसो १ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। हेलिकप्टर राैतहटकाे गाैरमा अवतरण गर्ने भनिएको थियो।

दिउँसोदेखि सदरमुकाम गौरमा पानी पर्न थालेपछि कार्यक्रममा प्रमुख अतिथि आउन ढिला भएको र अहिले अध्यक्ष ओली बाराको सिमराबाट रौतहट कार्यक्रम स्थलमा आउने जिल्ला सचिव बाल बिक्रम कार्कीले बताए।

प्रकाशित: २३ श्रावण २०७९ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App