स्मृतिको डोबमा फुलचोकी यात्रा
कोभिडले विश्व आक्रान्त छ। नेपाल पनि यस महामारीबाट अछुतो थिएन। कार्यालयहरू प्रायः बन्द। लकडाउन गरिएको थियो देशैभर। गाउँमा हामी थुप्रिएको पनि धेरै भो।
कोभिडले विश्व आक्रान्त छ। नेपाल पनि यस महामारीबाट अछुतो थिएन। कार्यालयहरू प्रायः बन्द। लकडाउन गरिएको थियो देशैभर। गाउँमा हामी थुप्रिएको पनि धेरै भो।
अमेरिकामा रहेका साहित्यकार विश्वराज अधिकारीको बज्जिका भाषामा लेखिएको संस्मरण संग्रह 'कहाँ गेल ऊ लोग'को एक समारोहबीच विमोचन गरिएको छ।
जुन वेला हामी यो यात्रा गर्दै थियौँ, त्यतिवेला नेपाली साहित्यमा पिताजीको उचाइ लगभग सगरमाथाको हाराहारी कायम भइसकेथ्यो। पिताजीलाई कसैले ढगाउन र हल्लाउन नसक्ने अवस्था बनिसकेथ्यो। घरपरिवारमा पनि आमाले सधैँ मानसम्मान गर्ने। हामीलाई समेत मानसम्मान गर्न लगाउने हुँदा पिताजीलाई हामीले वात्सल्य पिता होइन, एउटा सर्वमान्य व्यक्तिका रूपमा ग्रहण गर्यौँ।
मजस्ता दुई वर्षमा एक वर्ष मात्र परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई पनि निकै माया गर्ने, किनभने शिक्षामा सुधार हुनुपर्यो, अंग्रेजी फाँटका शिक्षकले पाएसरहको तलबभत्ता र सुविधा संस्कृतका शिक्षकले पनि पाउनुपर्यो भनी हामी आन्दोलन गर्थ्यौं। नाटकमा पात्र भई अभिनय गर्थ्यौं। शिक्षामन्त्री लगायतसँग भेट्थ्यौँ।
घरमा साँझ होमवर्क गर्दै गर्दा मैले बुबालाई सोधे, ‘बुबा, यो झल्ला–डुम भनेको के हो ?’ मलाई लागेको थियो, यो पनि कुनै अर्को खेल हो कि ! उहाँले अलि निराश भावमा भन्नुभयो, ‘डुम हामीलाई भन्छन् बाबु। सानो जात भनेर हेपेर भनेका हुन्।’
झन्डै पाँच दशक अगाडिको केटाकेटी उमेर, जतिबेला रथयात्राको गहनतम अर्थ बुझेकै थिइन । त्यसबेला यो उत्सव मेरा लागि रामरमिताको पर्व मात्र वन्ने गथ्र्याे । उतिबेला हामी दसबार वर्षका फुुरौले केटाहरूको एउटा सानो हूल थियौं । एकै कक्षा र एउटै टोलका समान उमेरका साथीहरू मदन सापकोटा, विदुर ढुुंगेल, प्रकाश भट्टराई प्रकाश ढकाल, सुधिर काफ्ले, इन्द्र परियार, त्रिविक्रम कोइराला लगायतका साथीहरूको एउटा समूूह, सरस्वतीपूजा, नवरात्रको देवीपूजा अनि झुलनपर्व तथा रथयात्राजस्ता उत्सवमा सबै सँगै हुन्थ्यौं र दिनभरि लखरलखर गर्दै यी पर्वहरूमा सक्दो भुलिने गथ्र्याैं ।
एक दिन उनले मलाई ‘म तिमीलाई माया गर्छु’ भनेर गुलावको फूल दिइन्। म लाजले भुतुक्कै भएँ। केही उत्तर दिन सकिनँ। अर्को दिन हामी दुवैका आँखा जुधे। लुसीको माया लागेर आयो। भनिदिएँ, ‘म पनि तिमीलाई माया गर्छु।’
दुःखको कुरा, म झरनाको तलाउबाट तल ढुंगाको पहरामा खस्दै आएर ठूलो तलाउको छेउमा खसें । त्यो बिहान मुस्किलले बाँचेँ । घर फर्कने बेला डरले थरथर कामिरहें ।
उलुरुको भ्रमणका लागि हामी मेलवर्नबाट विमानको करिब ३ घण्टाको यात्रा गरेका थियौं । उलुरु सडकबाट पनि जान सकिन्छ तर सडकबाट यात्रा गर्न मेलवर्नबाट गरिब ३ दिनको समय लाग्ने रहेछ तसर्थ यसलाई अस्ट्रेलियाको विकट स्थानको रुपमा हेरिन्छ । यस क्षेत्रको यात्रा गर्नुलाई ठूलो उपलब्धि मानिने रहेछ ।
इजरायल कृषि र सूचना प्रविधिमा निकै अगाडि रहेछ। जटिल भू–राजनीतिक अवस्थिति र विषम परिस्थितिको सामना गर्दै प्रगतिको शिखर चढेको रहेछ। यसबाट मेरो मनमा आशा पलायो।
क्रुज यात्राले फरक अनुभूति दिलायो। धेरैलाई लाग्न सक्छ पानी जहाजमा यात्रा मात्र गर्ने हो। तर, इन्डोनेसियामा पर्यटकलाई लक्षित गरेर क्रुज डिनरको व्यवस्था गरिएको छ। हजारौं पे्रमिल जोडी डिनरका लागि त्यहाँ पुग्छन्।
मानबहादुर तिवारी अहिले ९० वर्षका भए। उनी भालुबाङको सोतैया गाउँमा बस्छन्। मैले पहिलोपटक ०६८ सालमा भेटेको थिएँ। ०७५ मंसिर २६ गते उनलाई भेट्न म फेरि भालुबाङ गएँ। उनी र उनकी श्रीमती आँगनमा घाम तापिरहेका थिए। उनका अगाडि गएर हात जोडें, ‘दाजु आराम नै हुनुहुन्छ नि ?’
नेपाल प्रज्ञा–प्रतिष्ठानले बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानद्वारा लिखित ‘द अनफिनिस्ड मेमोयर्स’ (अधुरा संस्मरणहरू) नामक पुस्तकको नेपाली भाषामा अनुवाद गरेको छ।
अन्य छायाँसरिका परममित्रहरू कहाँ के गर्दै थिए? त्यो निर्मम हत्याको(समातेर मारेको) मूलबीजको स्रोत प्रशासनले कसरी प्राप्त गर्यो? त्यो पाटोमा खुल्नै नसक्ने गरी भोटे ताल्चा विरही दाइले किन लगाए? उनले सिन्धुलीमा बम बोकेर गएको, तर उपयुक्त ठाउँ नभेटेर नपड्काएको चर्चा पृष्ठ १२२ मा गरेका छन्। कुन उपयुक्त स्थलमा पड्काउन लगिएको थियो र किन पड्काइएन? धेरै कुरा मनभित्र खेल्छन्।
युवराज दीपेन्द्रको विवाह नहुनुमा रानी ऐश्वर्य, सासु रत्नबीचको मतान्तर नै प्रमुख कारण ठहर गरेका छन् खनालले। दरबार हत्याकाण्ड शीर्षक अध्यायमा युवराज दीपेन्द्रको विवाहबारे सुरुमा रत्नले आफ्ना नातेदार केटीसँग विवाह गर्ने चाँजोपाँजो मिलाएको र ती केटीको पूर्णकदको फोटो आफ्नो कक्षमा राख्ने गर्थे भनी उल्लेख छ।