२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शेख मुजिबुर रहमानको पुस्तक नेपाली भाषामा प्रकाशित

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानद्वारा लिखित ‘द अनफिनिस्ड मेमोयर्स’ (अधुरा संस्मरणहरू) नामक पुस्तकको नेपाली भाषामा अनुवाद गरेको छ।

बंगलादेश राष्ट्रका रुपमा स्थापित हुनुभन्दा अगाडिका विषयवस्तु तथा सन् १९७१ का राजनीतिक घटनाक्रमका सेरोफेरोमा केन्द्रित बंगलादेश राजदूतावासद्वारा आयोजित एक समारोहबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरे । राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले बंगलापिता रहमानको पुस्तकले धेरै कुराको ज्ञान दिने बताए।

रहमानले आफ्ना सङ्घर्षमय जीवनका पूर्वाधारका गाथाहरूलाई टिपोट गरी राखेको र त्यसलाई हाल बंगलादेशकी प्रधानमन्त्री तथा रहमानपुत्री शेख हसिना वाजेदको तत्परतामा पुस्तक प्रकाशित गरिएको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उल्लेख गरे । अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरी प्रकाशित गरिएको पुस्तक नेपाल–बंगलादेश सांस्कृतिक एवम् साहित्यिक आदान प्रदान गर्ने पहिलो प्रयास भएको र यस कार्यले निरन्तरता पाउँदै जाने उप्रेतीको भनाइ थियो ।  

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते शाम्सले रहमानको सो पुस्तक सन् २०१२ मा पहिलो पटक बंगला भाषामा प्रकाशित भएको उल्लेख गर्दै त्यसपछि अङ्ग्रेजी, वाइकिङ, उर्दू पछि नेपाली भाषामा अनूदित गरी प्रकाशित भएको र विश्वका लाखौं पाठकले अत्यन्त रुचिपूर्वक पुस्तक पढ्ने गरेको बताइन् । सन् १९४७ मा भारतबाट पाकिस्तान तथा सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश अलग भएका थिए।

पुस्तक सार्वजनिक कार्यक्रममा सार्कका महासचिव तथा परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापा र भुवन ढुङ्गानाले धारणा राखेका थिए । पुस्तकको अनुवाद अर्जुनबहादुर थापा र महेश पौड्यालले गरेका हुन् । पुस्तकमा प्राक्कथन, शेख मुजिबुर रहमानको जीवनी, राजनीतिक पृष्ठभूमि, अधुरा संस्मरणका साथै जीवनका टिपोटहरू समावेश छन्। 

प्रकाशित: ६ कार्तिक २०७५ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App