मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–८ की अन्दाजी ५५ वर्षीया सीता डाँगीको सोमबार मृत्यु भएको हो । मधुवन नगरपालिका–८ का अन्दाजी ३२ वर्षीय गोबिन्द डाँगीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजापुर नगरपालिका–१० कोठियाघाट पुल स्थित सोमबार बिहान ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जना सवार मोटरसाइकल राजापुरबाट लालीबजार तर्फ आईरहेको थियो । दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना घाईते भएका थिए । जसमा ५५ वर्षीया सीताको टाउँको, हात खुट्टा र ४७ वर्षीया डेनिसरा खत्रीको हातमा चोट लागेको थियो ।
चालकसहित दुई जनाको अवस्था खतरामुक्त छ ।
नेपालगञ्जमा उपचाररत सीतालाई चिकित्सकले साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।
प्रकाशित: ११ जेष्ठ २०८३ २०:५३ सोमबार





