३१ असार २०८३ बुधबार
image/svg+xml
अपराध

१६ वर्षे किशोरीलाई फकाएर यौनजन्य काममा लगाउने अनिता जेलमा

१६ वर्षे किशोरीलाई फकाएर यौनजन्य काममा लगाउने एक महिला पक्राउ परेकी छन् ।  

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले अनुगमनको क्रममा उद्धार गरेकी वर्ष १६ की नाम परिवर्तित २६ परिसर (९८) को जाहेरी अनुसार यौनजन्य क्रियाकलापमा लगाउने महिला पक्राउ परेकी हुन् ।  

किशोरीलाई ललाइफकाइ स्पामा काम गर्ने गरी राखेर यौनजन्य क्रियाकलापमा संलग्न गराउने आरोपमा संखुवासभा, चैनपुर नगरपालिका ७ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका ५ मा स्पा चलाएर बस्ने ४८ वर्षीया अनिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो।  

मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको प्रहरीले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

 

प्रकाशित: ११ जेष्ठ २०८३ २१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App