२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

विराटनगरको रथयात्रा र मेरो बाल्यकाल

संस्मरण

गोकुल अधिकारी

केटाकेटी उमेरमा मैले थाहा पाएदेखि नै भाद्र कृष्टअष्टमीको भोलिपल्ट विराटनगर विभिन्न झाँकीहरूको लस्करसँगै उत्सवमय बन्नगथ्र्याे र यो परम्परा आजसम्म पनि कायमै छ । ५२ वर्ष पुरानो यो उत्सवले यो वर्ष भने कोभिड कहरका कारण विश्राम लिएको छ । कृष्णअष्टमी पर्वलाई दुई दिनसम्म उत्सवमय बनाउने काँधहरू कोरोना आतंकबाट जोगिन आज यतिबेला आआफ्नै घरको चौघेराभित्र छन् ।

गत वर्षहरूमा जस्तै यसपटक प्रदर्शन हुन छैनन् विराटनगरका सडकभरि विभिन्न सांस्कृतिक झाँकीहरू, उच्च स्वरमा गुञ्जने छैनन् ब्राम्हणहरूद्वारा एकसाथ वेदका ऋचाहरू अनि गुड्न छैनन् ‘गोपालकृष्ण राधेकृष्ण’ भन्दै प्रमुख सारथी भवानी गुरुको आदेशमा त्यो दिव्य रथका पाङग्राहरू । विराटनगरको उच्च पहिचानको रूपमा रहेको पाँच दशकभन्दा पुरानो परम्पराले यसपटक विश्राम लिए पनि यो पर्व मनाउन बानी परेकाहरूलाई कुनै छटपटीले छोइरहेकै होला । मलाई पनि यस्तै तलतलले अधैर्य बनाउद ैजाँदा बाल्यकालमा बिताइएका रथयात्राका पुराना सम्झनाहरू आँखाअगाडि आइरहेका छन् र अक्षरको धागामा यसरी बाटिदैछन् ती दृश्यहरू ।

झन्डै पाँच दशक अगाडिको केटाकेटी उमेर, जतिबेला रथयात्राको गहनतम अर्थ बुझेकै थिइन । त्यसबेला यो उत्सव मेरा लागि रामरमिताको पर्व  मात्र वन्ने गथ्र्याे । उतिबेला हामी दसबार वर्षका फुुरौले केटाहरूको एउटा सानो हूल थियौं । एकै कक्षा र एउटै टोलका समान उमेरका साथीहरू मदन सापकोटा, विदुर ढुुंगेल, प्रकाश भट्टराई प्रकाश ढकाल, सुधिर काफ्ले, इन्द्र परियार, त्रिविक्रम कोइराला लगायतका साथीहरूको एउटा समूूह, सरस्वतीपूजा, नवरात्रको देवीपूजा अनि झुलनपर्व तथा रथयात्राजस्ता उत्सवमा सबै सँगै हुन्थ्यौं र दिनभरि लखरलखर गर्दै यी पर्वहरूमा सक्दो भुलिने गथ्र्याैं ।

रथयात्राको दिन विद्यालय शुुक्रबारको दिनझै आधा मात्र खुुलेर वा एकदुुई घन्टी मात्र पढाइ भएर छुट्टी हुुन्थ्यो । अनि हामी घरमा पुुस्तक थन्क्याएर सोझै राधाकृष्ण मन्दिर पानीटंकीतर्फ हुुरिंदै पुुग्थ्यौ । सो मन्दिरभन्दा पूूर्व सिंगिया खोलाकै किनारमा रहेको धनावत म्याच फैक्टरी परिसरभित्रको एक कुुनामा रथलाई थन्क्याएर राखिएको हुुन्थ्यो । त्यहांँ राखिएको रथलाई उक्त फैक्टरीमा बिँडी र सलाई बनाउने मजदूरहरूले तानेर बाहिर निकाल्थे र हामी चञ्चले केटाकेटीहरू पनि भुुइभरि छरिएका बिँडी बनाउने पातहरू टेक्दै र कुल्चदै उनीहरूसंँगै लागेर त्यो रित्तो रथलाइ गुडाउने कार्यमा सघाउ पा¥याउथ्यौं ।

केही क्षणपछि राधाकृष्णको मूर्ति विधिवत रूपमा राखी सजिसजाउ पारिएपछि अर्थात् महोत्सव आरम्भ भएपछि रथको डोरी छुुन समेत हामी फुच्चेहरूलाई निकै गाह्रो पर्ने अवस्थालाई सम्झदै राधाकृष्णका मूूर्तिविहीन त्यो रित्तो रथलाई बिँडी फैक्टरीका श्रमिकसँगै हामी पनि बल लगाएरै र रमाएरै तान्ने काम गथ्र्याैं ।

यसरी सिंगिया खोला किनारबाट डो¥याएर ल्याइएको रथलाई कृष्णमन्दिर अगाडि उभ्याइएपछि त्यसलाई ध्वजापताकाले सिंगारपटार गर्ने काममा खटिन्थे एक हूूल स्वयंसेवकहरू । स्वयंसेवक अग्रजहरूले ‘ल भाइ, यो उठाऊ वा यो बोकौं’ भनिदिए सारै खुुशी हुुन्थ्यौ र रमाईरमाई सघाउथ्यौं उनीहरूलाई ।

त्यस उमेरमा मलाई रथयात्रा उत्सवको दिन रथ तानिरहेका भक्तहरूको लर्काेभन्दा बाटाको दायाँबायाँ र घरका कौसी र छतमा बसेर रथको आगमनलाई पर्खिरहेका मान्छेहरूको उत्सुकता हेर्न रमाइलो लाग्ने गथ्र्याे । त्यहीं रमाइलोले तानेर होला रथमार्गमा रथको झाँंकीभन्दा निकै अघिअघि हुने गर्थे हाम्रा पाइलाहरू । मूल रथभन्दा अगाडि दर्जनौ झांँकीहरू हुन्थे, जो अहिले पनि हुने गर्छन् । हामी भने रथको आरम्भविन्दुुदेखि नै ती सबै झाँकीहरुलाई उछिन्दै निकै अघिअघि हुने गथ्र्याै ।

यसरी रथकोे झांँकीलाई उछिनेर रथयात्रा मार्गमा अघिअघि हिंड्नुुका पछि हाम्रो अर्काे पनि एउटा कारण थियो । त्यो के भने रथयात्रामा तिर्खाएका सर्वसाधारणलाई वितरण गर्न ठाउंँठाउंँमा पानीले भरिएका गिलासहरू राखिएका हुुन्थे । पानी वितरकहरूको लहरमा कतैकतै गुुलियो सर्वत समेत कसैकसैले राख्ने गर्थे । हामी किशोर उमेरका केटाकेटीको ध्यान चै त्यहीं सर्वतको खोजीमा हुने गथ्र्याे । रथ र झाँकी आइपुुग्नुअगावै सर्वत राखिएको ठाउँमा पुुग्न सकेमा बडो सुविस्तासँग पिउन पाइन्थ्यो । सर्वत बाँड्नेहरू पनि हामी केटाकेटीलाई थपीथपी पिउन दिन्थे गुलियो सर्वत, स्टेनलेस स्टीलका मोटा बाक्ला गिलासहरूमा  ।

विराटनगर नगर क्षेत्रको पानीटंकीबाट आरम्भ भएको रथ हालको महेन्द्रचौक हुँदै उत्तरतर्फ फन्को मारेपछि विजुली अफिस आइपुुग्दानपुुग्दै झमक्क साँंझ परिसकेको हुन्थ्यो । त्यतिखेर त्यो क्षणको अनुभूतिमा म एक्लै हराउन चाहन्थे । त्यसैले त्यहांनेर आइपुुग्दा नपुुग्दै मैले सबै साथी समूूह छाडिसकेको हुुन्थे । घरि सूूर्यास्त हुुनेबेलाको रातो आकाशतर्फ र घरि राधाकृष्णको मूूर्तिको पृष्ठभूूमिमा विपरीत दिशामा घुुमिरहेको जोर चक्रलाई एकतमासले हेरिरहेको हुुन्थे । रातो घाम किनार लागिसकेको र राम्रोसँग अँधेरो भैनसकेकोे साँझको अर्काे छोटो प्रहरले पनि फरक ढंगले हर्षविभोर र अर्धैर्य तुल्याइरहेको हुन्थ्यो ।

अंधेंरो भैसकेपछि जब रथ वरगाछी चौकमा आइपुुग्थ्यो त्यहाँंंनेरको दृश्य अझ ज्यादा रोमाञ्चक बनिदिन्थ्यो । यसको कारण के थियो भने वरगाछीमा बाटोको पूर्व र पश्चिमतर्फ झ्याम्म परेका अग्ला वरपीपलहरू थिए । त्यसका हांँगाबिंगा रथको टुुप्पो र त्यसमा रहेको गजुरको लागि ठाडै अवरोधका रूपमा रहेका हुुन्थे । तीे हाँंगाबिंगा छलेर जुुक्ति बुुद्धिसंँग मिलाएर दक्षिण दिशाबाट ल्याइएको रथलाई पूर्वतर्फ सोझ्याउनुु पर्दा निकै हम्मेहम्मे पथ्र्याे । दुुईचार व्यक्ति रथको टुप्पामा पुुग्थे र वरपीपलको हाँगालाई निकै मुुस्किलले पन्छाउने र ताछ्ने गर्थे । विराटनगरभन्दा पश्चिम केसलिया पारिका गाउँदेखि र उत्तरतर्फ दुुहवीसम्मका भक्तहरूको रथ दर्शन गर्ने केन्द्रविन्दुु भएका कारण पनि वरगाछीमा दर्शनार्थीहरूको उपस्थिति निकैे बाक्लो हुने हँुुंदा उक्त उपस्थितिको व्यवस्थापन नै समस्या परिरहेको अवस्थामा वरपीपलका हांगाबिंगासँगको घम्साघम्सी थप चुनौती बन्ने गर्थे रथयात्राका व्यवस्थापकहरूका लागि ।

राधाकृष्णको मूूर्तिभन्दा पनि हांँगाबिंगाले अवरोध पु¥याउने रथको टुुप्पो तर्फ धेरैजसो दर्शनार्थीको ध्यान कन्द्रित हुुन्थ्यो । अहिले सडक विस्तारका क्रममा ती दुुवै रूख काटिएपछि सजिलो भएको छ रथलाई सो चौकबाट पूूर्वतर्फ सोझिन । अर्थात् वरगाछी भन्ने नामले आफ्नो भौतिक र मौलिक स्वरूप नै गुुमाएपछि अहिले गाह्रोसाह्रो पर्दैन त्यहाँं रथलाई पूूर्वतर्फ फर्काउन ।  

झन्डै पाँच दशकअघिका रथयात्राका दिन संझदा स्थानीय उद्यमी सत्यनारायण धनावत र त्यसबेलाका उच्च ओहदाका व्यक्तित्व भूपालमानसिंह कार्की र उनका परिवारजनदेखि लिएर रथको विद्युतीय पक्षको सोलोडोलो जिम्मेवारी बोक्दै यात्रा अवधिभर आफ्नो दायित्वप्रति ध्यानमग्न रहनुुहुने चित्रबहादुुर प्रधानसम्मलाई सम्झन्छुु । राधाकृष्ण मन्दिरको दैनिक रूपमा हुने पूूजा र वार्षिक रूपमा हुने रथ व्यवस्थापनलाई कुुशल नेतृत्व दिने दरिला व्यक्ति पं. पुुण्यप्रसाद पौडेलदेखि रथयात्राको झाँकीमा सबैभन्दा अग्र भागमा रिक्सामा चढेर शंखध्वनि गर्दै हिंड्ने पं.पुुण्यप्रसाद खनालसम्मलाई सम्झन्छुु र त्योभन्दा ज्यादा पहेलो फेटा छड्के पारी जिउमा बेरेर मूूलरथमा रही मुुख्य सारथीको भूूमिका निर्वाह गर्ने पण्डित जगन्नाथ शर्मालाई सम्झन्छुु । सूचीबद्ध र निर्धारित ठाउँहरूमा त्यो भव्य रथ जब रोकिन्छ सावधान भन्ने उच्च ध्वनिसँगै उहाँको हातमा रहेको रातो भन्डा उचालिएपछि उच्चारण हुन्थ्यो “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युुत्थान मधर्मस्य तदात्मानं सृज्याम्यहम्”

खासगरी साँझ परिसकेर रथको सम्पूूर्ण भाग विजुुलीको प्रकाशले उजेलिएको बेला घिर्नीजस्तो फिरिरी घुुमिरहेको जोर चक्रको पृष्ठभूूमिमा रहेको राधाकृष्णको मूूर्ति सहितको रथ लामो समयदेखि आफू प्रतीक्षारत ठाउँमा टक्क अडिएपछि रथका प्रमुुख सारथीबाट उच्च स्वरमा यी श्लोकहरू उच्चारण भैरहंदा ध्वनि र प्रकाशको त्यो सघन प्रस्तुुति रथयात्रा उत्सवको सबैभन्दा उत्कर्षको क्षण जस्तो लाग्ने गथ्र्याे उसबेला र अहिले पनि । त्यस्तो अनुुभूूतिको सघनतामा आजसम्म पनि कुुनै कमी आएको छैन ।

मूूल रथभन्दा केही अग्र भागमा विशेष ढङ्गले सजाइएका बयलगाडाहरू हुनेगर्थे । जसमध्ये कुुनैमा भजनकीर्तनका टोली रहन्थे र कुुनैमा यस्तै नाट्य समूूहका झांँकी रहन्थे अहिलेजस्तै । त्यसैबीच सेतो धोती र सफा कमीज लगाएर सामूूहिक स्वरमा वेद पाठ गर्ने पण्डितहरूलाई मात्र बोक्ने अर्काे सजिसजाउ बयलगाडा हुन्थ्यो । जसमा नरहरि शास्त्री, भानुुभक्त खनाल, तुुलसीराम ढकाल, ऋषिराम तिमल्सिना, पद्मनाभ निरौला, लक्ष्मण शास्त्री, भद्रलाल जस्ता उतिबेलाका कहलिएका पण्डितहरूको सामूूहिक उपस्थिति हुने गथ्र्याे । यसैगरी त्यसबेलाका समाजिक कार्यकर्ता, कलाकार एवं सांस्कृतिक कर्मीको रूपमा चिनिएका माधव सापकोटा, माधव निरौला, कृष्ण हिमाली, नारायण नेपाल र राजानन्द कार्कीजस्ता तत्कालीन हिमकला मन्दिरका स्रष्टाहरूलाई समेत सम्झन्छुु । यी व्यक्तित्वहरू रथयात्राका मूूल समारोह समितिमा रहेर आफ्नै किसिमको योगदान गर्नुुको साथै सांस्कृतिक झाँंकीहरूको चाँंजोपांजो मिलाउन निकै व्यस्त देखिन्थे ।  

यी अनुहारमध्ये धेरैजसो यतिबेला इतिहास भैसकेका छन् अनि संस्थागतबेको रथयात्राको परम्परालाई त्यसपछिका पुुस्ताले कांँध हालेरै वोकेका छन् र त्यसमा हरेक वर्ष विविधता र सांस्कृतिक सघनता समेत घनीभूूत तुुल्याउँदै लगेका छन् ।

राधाकृष्णका उपासकहरुबाट आरम्भ गरिएको यो रथयात्रा सांस्कृतिक एकताको प्रतीकको रूपमा समेत व्याख्या गर्न सकिने सम्पदा बन्न पुग्नु यतिबेला यो उत्सवको अर्काे उज्यालो पक्ष हो  । त्यसबेलाका रथयात्राका झाँंकीहरु सम्झदा वेद पाठ गर्ने पण्डितहरू रहेको बयलगाडासँगको सम्झना मेरा लागि अरू दृश्यभन्दा गाढा किन पनि छ भने वेदपाठी पण्डितहरूको लहरमा मेरा आफ्ना पिता टेकनाथ अधिकारी पनि रहन गर्नुुहुुन्थ्यो जसले गर्दा यात्रामार्गमा बेलाबेलामा त्यो बयलगाडामा मलाई थकाइ मार्न वा खुुट्टा झुुन्डयार केहीक्षण रहन सहज हुने गथ्र्याे ।  

आजका दिनसम्म पनि यो उत्सवमा रथ रोकिदा ‘यदा यदा ही धर्मस्य ... ’ भन्ने महाभारतका श्लोकहरू उसैगरी उच्चारण भइरहेछन् तर छैनन् त्यहाँ त्यतिबेलाका पं.जगन्नाथ शर्माका स्वरहरू, वेदका ऋचाहरू गुञ्जायमान छन् । पहिलेभन्दा पनि राम्ररी सजाइएका बयलगाडामा बस्ने नयाँ पुस्ताका गुुरुहरूबाट तर भेटिदैनन् । अब प्राध्यापक लक्ष्मण शास्त्री, चारै वेदका ज्ञाता पद्मनाभ निरौला, ज्योतिषविद् तुुलसीराम ढकाल र शास्त्री गुुरुका रूपमा सुुपरिचित नरहरि शास्त्री र डा. मोहन ढकालहरू । सांस्कृतिक झाँकीहरुको लस्कर झन् रहरलाग्दो रूपमा देखापर्न थालेका छन् अचेल र अहोरात्र यस कार्यमा खटिरहेको देख्छुु विभिन्न सांस्कृतिककर्मीहरूलाई तर देखिदैनन् अब राजानन्द, माधव सापकोटा र निरौलाहरू,  सुनसरीदेखि आउने भक्तहरूका लागि रथको दर्शन गर्ने भरपर्दाे केन्द्र बनिरहेकै छ वरगाछी चौक उसैगरी, तर मासिसकिएका छन् यात्रामार्गका अवरोधकका रूपमा रहेका वरपीपलका बडाबडा हाँगाबिंगा र टाढिइसकेका छन् साँंझपख अवरोधका रूपमा तेर्सिने गरेका ती रोमाञ्चक दृश्यहरू । देखिदैनन् अचेल त्यहाँ उतिबेला मेकानिकल ज्ञानमा कहलिएका चित्रबहादुुर दाइ । तर रथलाई नियन्त्रणमा राख्ने काममा खटिरहेकै देखिन्छन् मूूलरथको पृष्ठभागमा उसबेलाका आफ्ना बाबुझैं ध्यानमग्न भएर, चित्र दाइका छोरा दिपक र ज्योतिहरू । भेटिदैनन् अब ती अग्ला कदका पौडेल पुुण्यप्रसाद तर उनको जीवन्त छाया बनेर नगरयात्राभरि मूूलरथमा देखापरिरहेकै छन् उनी जस्तै अग्ला कदका उनका पुत्र गोपाल पौडेल र उनका सहयोगीहरू । वर्षाै अगाडि विलय भैसके जरसाप अर्थात् भूूपालमानसिंह कार्की तर सम्झाइरहेकै छ यो रथयात्राले उनको योगदानलाई ।  

यो पाँच दशकको अन्तरालमा नगरवासीहरूले बल लगाएरै तान्नेगरेको रथको मोटोे डोरी उसबेलाको भन्दा निकै छोट्याइएको र मूूलरथको गजुर केही होचो तुल्याइएको छ । विगत पचास वर्षको अवधिमा विराटनगरका बासिन्दाको संख्या उल्लेख्य रूपमा बढेको र यो उत्सवको भूमिका र प्रतीकात्मक अर्थ फराकिलो बन्दै गएको भए पनि सुरक्षाका कारण भन्दै रथको उचाइ घटाइएको र डोरीको लम्बाइ छोट्याइको देख्दा केही नमीठो नलागेको पनि होइन । पूूर्वी भूूगोलको धार्मिक आकर्षण र विराटनगरको सांस्कृतिक पहिचान तथा जातीय एकताको प्रतीकका रूपमा रहेको राधाकृष्णको रथयात्रा महोत्सवले युगौसम्म निरन्तरता पाइरहोस् अनि गुञ्जिरहून् आरम्भका वर्षदेखि नै बाटाको एकातर्फ पुुरुष र अर्कातर्फ महिलाहरूले रथको मोटो डोरी तान्दै उच्च स्वरमा बोल्ने गरेका यी   शब्दहरू ‘गोपाल कृष्ण — राधेकृष्ण !’

प्रकाशित: २८ श्रावण २०७७ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App