१५ वैशाख २०८१ शनिबार
image/svg+xml

राधाकृष्ण रथयात्रामा हजारौं सहभागी (तस्बिरहरु)

राधाकृष्ण मन्दिर विराटनगर–१ बाट निकालिएको रथ मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी हुँदै पुनः मन्दिर पुगेर सम्पन्न भयो।

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, रथयात्राको तयारी

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्।

राधाकृष्ण रथयात्राको दिन कोशी प्रदेशमा बिदा

कृष्ण अष्टमीको भोलिपल्ट आयोजना हुने राधाकृष्ण रथयात्रा पर्वका अवसरमा कोशी प्रदेशमा भदौ २१ गते सार्वजनिक बिदा दिइएको छ।

हजारौ श्रद्धालुको भीडमा गहवा माईको रथयात्रा

वीरगञ्जवासीको आस्थाको केन्द्र मानिने गहवा माईको पहिलो पटक रथयात्रा निकालिएपछि पर्सा, बारा रौतहट तथा सिमा पारीका विभिन्न स्थानका हजारौ श्रद्धालुहरु रथयात्राका लागी एकजुट भएका थिए।

नेपालले अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा २०४औं सिन्दूरजात्रा

‘युद्धमा जानुभन्दा अगाडी सेनाले युद्धमा विजयी भई सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका थिए। सोही जात्रालाई विरताको सन्देश दिन जात्रा गर्ने प्रचलन रहेको हो।’

पाल्पामा आज भगवती जात्रा मनाइँदै

पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१÷१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो।

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ।

विराटनगरको रथयात्रा खटयात्रामै सिमित हुने

कोरोना महामारीका कारण रथयात्रा संभव नभएपछि खट यात्रा मात्रै गर्न लागिएको राधाकृष्ण राथयात्रा आयोजक समिति विराटनगरले जनाएको छ।

यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा चलाइने

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने भएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ।

निषेधाज्ञामा मत्स्येन्द्रनाथको रथ तान्नेमाथि प्रहरी हस्तक्षेप, पानीकाे फाेहरा र अश्रुग्याँस प्रहार

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

निषेधाज्ञामै तानियो मत्स्येन्द्रनाथको रथ, गुठी संस्थानलाई थाहा छैन (फोटो फिचर)

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा निषेधाज्ञा छ। तर बिहीबार भिडभाडका साथ सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्।

विराटनगरको रथयात्रा र मेरो बाल्यकाल

झन्डै पाँच दशक अगाडिको केटाकेटी उमेर, जतिबेला रथयात्राको गहनतम अर्थ बुझेकै थिइन । त्यसबेला यो उत्सव मेरा लागि रामरमिताको पर्व मात्र वन्ने गथ्र्याे । उतिबेला हामी दसबार वर्षका फुुरौले केटाहरूको एउटा सानो हूल थियौं । एकै कक्षा र एउटै टोलका समान उमेरका साथीहरू मदन सापकोटा, विदुर ढुुंगेल, प्रकाश भट्टराई प्रकाश ढकाल, सुधिर काफ्ले, इन्द्र परियार, त्रिविक्रम कोइराला लगायतका साथीहरूको एउटा समूूह, सरस्वतीपूजा, नवरात्रको देवीपूजा अनि झुलनपर्व तथा रथयात्राजस्ता उत्सवमा सबै सँगै हुन्थ्यौं र दिनभरि लखरलखर गर्दै यी पर्वहरूमा सक्दो भुलिने गथ्र्याैं ।

पशुपतिमा आर्यघाट गङ्गामाई रथयात्रा

प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ। विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए।

राधाकृष्ण रथयात्रामा लाखौं सहभागी, हेलिकोप्टरबाट पुष्पवृष्टि (फोटो फिचर)

विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजन सहभागी भएका छन्। शनिबार विराटनगरमा निकालिएको रथयात्रामा लाखौं भक्तजन सहभागी भएका हुन्।

दुई शताब्दी लामो रथयात्रा निकालिँदै

पाल्पामा दुई सय वर्ष पुरानो रथयात्राको तयारी तीव्र पारिएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाइने यो भगवती जात्रा नेपाल अंग्रेज युद्धसँग जोडिएकोले यसको तयारी तीव्र पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्