गणेशमानले पैसा चोर्दा
खोटोमा टाँसिएर भनेजति डबल आउने भएपछि गणेशमानलाई पैसाको खाँचो भएन, छेलोखेलो हुन थाल्यो। हुँदाहुँदै ऋणसमेत दिने भए। यसरी टोले बदमासहरू गणेशमानका घनिष्ठ मित्र बन्न गए।
खोटोमा टाँसिएर भनेजति डबल आउने भएपछि गणेशमानलाई पैसाको खाँचो भएन, छेलोखेलो हुन थाल्यो। हुँदाहुँदै ऋणसमेत दिने भए। यसरी टोले बदमासहरू गणेशमानका घनिष्ठ मित्र बन्न गए।
सर्वसाधारण जनताको भान्सामा, पिँढीमा, छिँडीमा, अगेँनामा गणतन्त्र पुगेको छैन तर सत्तारुढ पार्टीका ठूला नेताको भने रछानसम्म पनि पुगेको छ।
तपाईँलाई चोखो सल्लाह छ है मेरो। पाँच वर्षदेखिका सबै पुराना मुद्दाको ढा खोलौँ, जति भ्याइन्छ भ्याइन्छ, बाँकी मुद्दा तपाईँपछि आउनेको जिम्मा। पुराना मुद्दा धेरै राजनीतिक प्राणीहरूको हुनुपर्छ।उहाँहरू पनि बूढो भैसक्नु भयो।
पहाडमा चुरेमा सुरुङ मार्ग बनाएको उहिल्यै शंकरदेव पन्तले कलेज खोलेर उच्च शिक्षाको अर्को ढोका उघारे।
पञ्चायत शासन आएपछि सबै राजनीतिक दलउपर कडा प्रतिबन्ध लाग्यो। राज्यको नीति बनाउँदा ‘निर्दल’ राख्ने कि ‘दलविहीन’ शब्द राख्ने भन्ने विषयमा ऋषिकेश शाह, केशरबहादुर केसी, नयराज पन्त, खड्गमान मल्लजस्ता विद्वान्हरूबीच १५ दिन छलफल भएको थियो रे।
बाटोमा एउटा चौतारी भेटिएछ। दुईजना टुक्रुक्क बसेका रहेछन् त्यहाँ। त्यस्तो ठाउँमा मान्छे भेटिँदा भरोसा नै भयो। सोधेछन् तीमध्ये एउटालाई, त्यही पनि जवाफ आएनछ। तब प्रहरीले नजिक गई कोट्याउँदा पुर्लुक्क पल्टिएछ। छामी हेर्दा त मरिसकेको रहेछ त्यो मान्छे। अर्को मान्छे पनि उस्तै मरिरहेको।
हजुरआमा मथुराले सविता र जयदेव सानो छँदा नै यी दुईको बिहेको परिकल्पना गरी केटी मागेकी रहिछन्। जबकि पछि मरिहत्ते गर्ने यी दुईजना त्यो बेला आँखा जुधाउन पनि जान्दैनथे। कति दूरदृष्टि मथुराको।
इतिहासकार धनवज्र बज्राचार्य पुराना कागजपत्र किन्दा रहेछन्। एक दिन एकजना तामाङ केटा नेपाली कागजमा हातले लेखिएका तीन थान पुस्तक लिएर आएछन्। उनीसँग धनवज्रले ती तीन थान कागजपत्र किनेछन्। यसरी आएको रहेछ यो लिखत। उनै धनवज्रद्वारा यो ग्रन्थ डा. जगदीशचन्द्र रेग्मीको हात परेछ। यो सामग्री प्राप्त भएपछि डा. रेग्मी यो छपाउन तीन त्रिलोक चौध भवन दौडधुप गर्दा पनि छपाइदिने सज्जन पाउनुभएनछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुग्नुभएछ।
काठमाडौंमा काम गर्ने कर्मचारीले काम गर्दा १ नम्बर पाउथ्यो भने दार्चुला जस्ता दुर्गम जिल्लामा काम गर्दा ५ नम्बर पाउथ्यो। डा. द्वारिकानाथले दार्चुला जिल्ला छान्नुको पृष्ठभूमिमा त्यो पनि एउटा कारण रहेछ।
मजस्ता दुई वर्षमा एक वर्ष मात्र परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई पनि निकै माया गर्ने, किनभने शिक्षामा सुधार हुनुपर्यो, अंग्रेजी फाँटका शिक्षकले पाएसरहको तलबभत्ता र सुविधा संस्कृतका शिक्षकले पनि पाउनुपर्यो भनी हामी आन्दोलन गर्थ्यौं। नाटकमा पात्र भई अभिनय गर्थ्यौं। शिक्षामन्त्री लगायतसँग भेट्थ्यौँ।