२४ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

प्रधानन्यायाधीश सुनाम कमाउनूस्

हरिकृष्ण कार्की नेपालको न्यायपालिकाको इतिहासमा छोटो समयका लागि बीसौँ प्रधानन्यायाधीश हुनुभएको छ। उहाँले स्वेच्छिक अवकाश नलिए ५० दिनर स्वेच्छिक अवकाश लिए २० दिन मात्र प्रधानन्यायाधीश हुनुहुनेछ। सर्वोच्च अदालतका एउटा यस्तो प्रचलन बसालिएको छ, अवकाश हुनुअघि ३० दिन स्वेच्छिक अवकाश लिने तर यो प्रचलनले निरन्तरता पाउन सकेको छैन। कार्कीले त्यस्तो स्वेच्छिक बिदा लिनुहुन्छ कि हुन्न भन्न सकिन्न। सर्वोच्च अदालतमा २१ जना न्यायाधीशको दरबन्दी छ तर १६ जना मात्र न्यायाधीश छन्। मुद्दाको चाप छ। न्यायाधीश पूरा छैनन्। नयाँ प्रधानन्यायाधीश भन्नुहुन्छ– पूरा न्यायाधीश हुने हो भने आउँदो दुईवर्षमा सबै पुराना मुद्दा छिन्न सकिन्छ।

अहिले सर्वोच्च अदालतमा ३० हजार मुद्दा छन्। कार्कीले गत ८ महिनामा ६५५६ वटा मुद्दा फैसला गरेको कुरा कोट्याए। त्यो दाबीको औचित्य स्थापित गर्न पनि अरू केही उत्तम काम गर्नैपर्छ। अब पाँच वर्ष पुराना मुद्दा किनारा लगाउन थाल्नोस् ताकि तपाईँको न्यायिक व्यक्तित्व धपक्क बलोस्। नेपालको न्याय सेवामा विश्वनाथ उपाध्यायलेराम्रा नराम्रा दुवैथरी नाम कमाउनुभएको छ। उहाँले ठूला काम सफल पार्नुभएको छ।

राज्यको गरिमामय पदमा बसे पनि थोरैले मात्र नाम कमाउन सकेका छन्। नाम कमाउन खोजेर मात्र हुँदैन, परिस्थिति मिल्नुपर्छ। सबैलाई परिस्थिति अनुकूल हुँदैन। प्रतिकूल परिस्थितिमा नाम कमाउन सकिँदैन। न्याय सेवा सुनाम कुनाम दुवै कमाउन सकिने सेवा हो। कार्कीज्यू तपाईँ सुनाम कमाउनूस्, विन्ती छ।

हिजोका प्रधानन्यायाधीशको आसनमुनि फोहोर छ कि छैनराम्ररी हेरेर,रहेछ भने सफा गराउनुपर्छ फोहर।

प्रधानन्यायाधीशज्यू, तपाईँसँग समय छैन। यसैले छोटो समयमा उच्च परिणाम दिने मुद्दातिर हात हाल्नु उत्तम होला। पाँच वर्ष पुराना मुद्दा मात्र पनि सर्वोच्च अदालतमा ४१८४ वटा छन्। कार्कीज्यू, तपाईँसंग भएको समयावधिमा यी सबै मुद्दाको फरफारक गर्न सक्नुहुन्न यो त स्पष्ट छ तर थाल्नेचाहिँ हो कि? एउटाले ठूलो मुटुले पुराना मुद्दा फस्र्यौट गर्नेतिर ध्यान दिने हो, नदिए पनि चल्न त चल्छ, मुद्दा पनि छिनिन्छन्। सर्वोच्च अदालतको मिसिलराख्ने कोठाको ढुसी पनि हराउँछ होला। एउटा बहादुर न्यायाधीशले यो काम थाल्नै पर्ला। 

कार्कीजी, तपाईँबाटै थालौँ न कसो होला? सर्वोच्च अदालतमा मिसिल कसरीराखिन्छ, ढुसी पर्ने गरेर वा नपर्ने गरेर म अनभिज्ञ छु,  म न्याय सेवाको मान्छे परिँन तसर्थ मुल्तवीराखिएका मिसिलमा ढुसी वा धुलो नहुन पनि सक्छ मलाई थाहा छैन। तसर्थ जे होला होला, तपाईँलाई चोखो सल्लाह छ है मेरो। पाँच वर्षदेखिका सबै पुराना मुद्दाको ढा खोलौँ, जति भ्याइन्छ भ्याइन्छ, बाँकी मुद्दा तपाईँपछि आउनेको जिम्मा। पुराना मुद्दा धेरै राजनीतिक प्राणीहरूको हुनुपर्छ।उहाँहरू पनि बूढो भैसक्नु भयो। कसैको पनि ती मिसिल पल्टाइएन भने मुद्दामा नै मर्ने हुनु भयो। तसर्थ सम्माननीय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीज्यू, म गैरन्याय क्षेत्रको, आफूलाई पत्रकारका रूपमा साबित गराउन चाहने व्यक्तिको सल्लाह यही हो। पाँच वर्ष पुराना मुद्दामा नै तपाईँको समय लाग्नुपर्छ। न्यायको दुनियाँमा यसले तपाईँलाई स्थापित गर्छ, गर्छ, धेरै मुद्दाको फैसला नहोला। जतिको होला होला। थोरै जनाको मात्र मुद्दा टुंगियो भने पनि ठूलो कुरा हुन्छ भन्ने लाग्छ मलाई।

न्यायमा दूधको दूध पानीको पानी जहिलेको मूल मुद्दा हो। न्यायपालिका, विधायिकार कार्यपालिका संविधानले निर्धारण गरेका आआफ्ना परिधिभित्र मर्यादित भएर अटाए कति सुन्दर, कति सौम्य तर यदाकदाबाहेक त्यस्तो देख्न भोग्न पाइएको छैन। न्यायपालिका स्वतन्त्र छैन कि? भन्ने मूक वातावरणमा बस्नुपरेको गुनासो बेलाबेलामा विधिशास्त्रीहरूका तर्फबाटै आइरहेको छ। जब यस्तो मौन अज्ञात अनुभूत हुन थाल्छ तब दूधको दूध पानीको पानी छुट्टिन कठिन हुन्छ। यो सामान्य कुरा हो भने पनि नभने पनि नयाँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की झन्डै झन्डै यस्तै वातावरणमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशको गम्भीर दायित्व बहन गरी गरिमामय पदमा आरुढ हुनुभएको छ।

नवनियुक्त श्रीमान् दृढतापूर्वक अघि बढ्नोस्, तपाईँसँग सम्पूर्ण नेपाली छन् तर न्यायपालिका को शिर निहुरिन दिनुभएन भने न्याय मर्दैन, अन्यायको सिकार हुनु पर्दैन।

संविधानतः उहाँको कार्यकाल निकै छोटो छ। तसर्थ छोटो समयमा उत्कृष्ट काम गरी असल काम गर्ने मान्छे भनाउन पाए क्या मज्जा। न्यायका सबै पाटा पल्टाए गुलियोर स्वादिलोरस मात्र आउँदैन। अमिलो कटमिरो स्वाद पनि आउँछ। न्याय सेवामा उज्यालार अँध्यारा दिन प्रशस्त भेटिन्छन्। नेपालको न्यायको पाटाका विगत हेर्ने हो भने न्यायको ऐनामा उज्यालो मात्र भेटिँदैन, अँध्यारो पनि निकै भेटिन्छ। न्याय कहिले बटारिन्छ। सोझो धर्सो यदाकदा मात्र कोरिन्छ। हाम्रो न्यायको सेवामा अनेक थरि आकृति प्रवेश गरेका छन्। हरिप्रसाद प्रधान, अनिरुध्दप्रसाद सिंह, भगवतीप्रसाद सिंहदेखि अनेक अनेक नाम छन्, नेपालको न्याय सेवाको इतिहासका पाना पल्टाएर तिनको विश्लेषण गरेमात्र सक्कली अनुहार आउंँछ। न्यायको अनुहारलाई यदाकदा अन्यायले पछि पार्ने मौका पाउँछ जुन क्षण दुर्भाग्यपूर्ण हुन्छ। हिजोका प्रधानन्यायाधीशको आसनमुनि फोहोर छ कि छैनराम्ररी हेरेर,रहेछ भने सफा गराउनुपर्छ फोहर।

न्यायपालिकाको शिर ननिहुराए  

प्रशस्त सर्वोच्च अदालतमा पुराना मुद्दाको चाङ निकै अग्लो छ। पेसी बेचिन्छ भन्ने बोली आउँछ। न्यायसँग आबध्दहरूबाट कति भ्रष्टाचारसँग सम्बद्ध मुद्दा धेरै पुराना भैसके। पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्चमा ४४ पल्ट पेसी सरिसक्यो। जोशीजीको मुद्दा हेर्न पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीले पनि भ्याउनुभएनछ भने गोपाल पराजुली, ओमप्रकाश मिश्रहरूले भ्याउने कुरै भएन।

एउटा प्रवृत्ति बनिसकेको प्रधानन्यायाधीश नियुक्त हुनासाथ भ्रष्टाचार मुद्दालाई प्राथमिकतामाराख्ने तर त्यसो नहुने परम्परानै भैसक्यो। भ्रष्टाचारका मुद्दा मात्र हाल सर्वोच्चमा ६९० वटा छन्। भ्रष्टाचारका मुद्दामा शून्य सहनशीलताको नीति लिने दृढता नयाँ श्रीमान्ले पनि पुनरावृत गर्नुभयो तर व्यवहारमा पनि हेर्ने भन्ने आम नेपालीको उत्कट इच्छा छ।

गोविन्दराज जोशीको मु’द्दा सुशीला कार्कीले फैसला गर्दै हुनुहुन्थ्योरे। त्यहीबेला पारेर उहाँउपर महाभियोगको नाटक मञ्चन गरे दलले, त्यो त्यसै झिसमिस भयो, ६९० वटा भ्रष्टाचारका मुद्दा एकैदिन अदालतमा जीवितै हुनु चानचुने कुरा होर? प्रधानन्यायाधीशविरुद्ध पनि महाभियोगको एउटा तरबार झुण्डिरहेको छ। त्यसबाट बच्न भएन भने भ्रष्टाचारका मुद्दा फस्र्याैट हुन कठिन हुन्छ। त्यो तरबारको सामना गर्न हौसलार हिम्मत छ भने मात्रराफसाफ होला। अन्यथा ठूला ठूला योजनार कार्यक्रम पनि चल्ला नकोरल्ने वतासे फूल हुने पक्का छ। नवनियुक्त श्रीमान् दृढतापूर्वक अघि बढ्नोस्, तपाईँसँग सम्पूर्ण नेपाली छन् तर न्यायपालिकाको शिर निहुरिन दिनुभएन भने न्याय मर्दैन, अन्यायको सिकार हुनुपर्दैन।

प्रकाशित: ११ असार २०८० ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App