१४ श्रावण २०८३ बिहीबार
image/svg+xml

विश्वकप फाइनलको १० दिनपछि प्रशिक्षणमा फर्किए मेस्सी

लियोनेल मेस्सी विश्वकप फाइनलमा पराजय भोगेको १० दिनपछि आफ्नो क्लब इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्।

सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान गरौँ : सांसद

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज,वीरगञ्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल-भारत सीमा क्षेत्रमा पर्खाल वा काँडेतार लगाउन रास्वपा सांसद तामाङको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल-भारत खुला सीमाको व्यवस्थापनका लागि पर्खाल वा काँडेतार लगाएर सुरक्षा निकाय परिचालन गर्न सरकारसँग माग गरेकी छन्।

लामो समयदेखि रोकिएको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा

लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ।

पनसेरामा ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ।

उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फर्छ्याेट गर्न बाँकी

आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फर्छ्याेट हुन बाँकी रहेको हो।

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई संयोजक दाहालले गरे सम्मान

सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ।

पाकिस्तानको प्रहरी चौकीमा आक्रमण हुँदा ९ प्रहरीसहित २४ जनाको मृत्यु

सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन्।

नवनियुक्त अध्यक्ष प्याकुरेलले भने : बिमा कार्यक्रम सुधार गर्न जिम्मेवारी निभाउनुपर्छ

स्वास्थ्य बिमा बोर्डका नवनियुक्त अध्यक्ष डा. सुवाश प्याकुरेलले बिहीबार पदरभार ग्रहण गरेका छन्।

देश चलाउन नसक्ने भए हात ठडाए हुन्छ, जनतालाई टुहुरो बनाउन पाइन्न : आरेन राई

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह गम्भीर नदेखिएको आरोप लगाएका छन्।

खुस्बु ओलीको प्रश्न : सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग जवाफ माग्दै प्रहरीलाई गोली चलाउने आदेश कसले दिएको भन्दै प्रश्न गरेकी छिन्।

बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो

रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको छ।

कप्तानगञ्जमा भएको हत्या प्रकरणबारे प्रधानमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्छ : सांसद शर्मा

नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणबारे संसद्‍मा प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रष्ट पार्नुपर्ने बताएका छन्।

पद्या अर्यालको प्रश्न : देश संकटमा हुँदा प्रधानमन्त्री कहाँ हुनुहुन्छ ?

नेकपा एमालेकी सांसद पद्या अर्यालले देश संकटका बेला प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्