७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दासढुंगामा यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते

चितवनमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा आज विहान ५ः२० बजे काँकडभिट्टाबाट काठमाण्डौँ तर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटना भएको हो।

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

झोला तान्नेदेखि गाडी घेराउसम्म

पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार पृथ्वीचोक हो। सडक तथा हवाई मार्गबाट आउने जोकोही यही चोकबाट पोखराको मुख्य शहरीक्षेत्रमा प्रवेश गर्नुको विकल्प छैन।

जेब्राक्रसमा सरकारी गाडी!

सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पाकिङ गरेको पाईएको छ।

कर्णाली राजमार्ग जीर्ण: यात्रुलाई सधैं सास्ती

२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्’, जुम्लाका भक्त रावतले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौं भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’

जोखिममा दुईपांग्रे यात्रु

दुर्घटना अनुमान नमिल्दाको परिणाम हो। जसले सम्पत्ति मात्र हैन, ज्यानैसमेत लिइदिन सक्छ। पूरा हुनै नसक्ने क्षति गरिदिन्छ। अकल्पनीय हानिले बचेका मानिसलाई पनि सन्तुलन गुमाउने अवस्थामा पुर्‍याइदिन्छ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र (तस्बिरहरु)

हिजो दिउँसोदेखि अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका छन्।

यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

तनहुँमा बस दुर्घटना: २७ यात्रु घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-५ तनहुँमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

चितवनमा यात्रुबाहक बस पल्टियाे, ३१ जना घाइते

पुर्व पश्चिम राजमार्ग राजमार्ग स्थित खैरहनी नगरपालिकाको पर्सा बजारमा गएराति करिव एक बजेको समयमा बागमती प्रदेश०३–००१ख२५६१ नं.को बस अनियन्त्रित भई सडक छेउको नालिमा पल्टिएको चितवन प्रहरीले जानकारी दिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बढ्दैछन् उडान र यात्रु संख्या

पछिल्लो समय पोखराको हवाई उडानले दिनहुँ आकार बढाईरहेको छ। पोखराको हवाई यातायात लयमा फर्किन थालेको उडान तथ्यांकले देखाउँछ। आइतबार मात्र पोखराका लागि विभिन्न हवाई कम्पनिका २६ वटा उडान भएका थिए। आइतबारको हवाई यात्रु संख्या पनि दुर्घटनापछिको सबैभन्दा ठुलो आकारको थियो। आइबार पोखराबाट बाहिरिने यात्रुको संख्या १५ सय ३४ र पोखरा ओर्लिनेको संख्या १२ सय १० थियो। एकैदिनमा झन्डै साढे २७ सय यात्रु आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउजाउ गरेको विमानस्थलले बताएको छ।

सडकयात्रा सकसपूर्ण, हवाई यात्रामा अविश्वास

कतै आधिकारिक तथ्यांक नभए पनि व्यवसायीको अनुमानमा वर्षमा कम्तिमा १० लाख आन्तरिक पाहुना पोखरा आउजाउ गर्छन्।

दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु घटेको हवाई कम्पनिले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्