२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो। त्यो दुर्घटनाल मुगु शोकमा डुब्यो। यसअघि २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दुधे बालकसहित १८ जनाले ज्यान गुमाएका थिए।

२०६६ चैत ५ गते दैलेखको किटुमा गाडी दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको थियो। २०६८ मंसिरमा कालिकोटको सेराबाडा बित्तामोडमा २८ जनाले ज्यान गुमाएका थिए भने जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो। कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग खुलेयता भएका ठूला दुर्घटनाका मात्र विवरण हुन् यी। सानातिना दुर्घटनाको संख्या त सय हाराहारी पुग्छ।

सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ। सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ २ सय ३२ किलोमिटर रहेको छ।

२०६६ चैत ५ गते दैलेखको किटुमा गाडी दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको थियो। २०६८ मंसिरमा कालिकोटको सेराबाडा बित्तामोडमा २८ जनाले ज्यान गुमाएका थिए भने जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो।

विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो। राजमार्ग जोडिएपश्चात कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल ल्याएको छ। यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित नराखी सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन लगायतका सहरसहित राजधानी काठमाडौंसँग जोडिन र पहुँच राख्न सहज बनाएको छ।

यातायातको सहज पहुँचसँगै बढेको नागरिक आवतजावतले नयाँ ठाउँ बजार बनेका छन्। खुद्रे पसल थोक बिक्रेतामा रूपान्तरण भएका छन्। पैदलयात्रा गरिँदाका संगमस्थल अपरिचित ठाउँमा परिणत भएका छन्। हिजो हिँडेका बाटो बिरानो मात्र भएका छैनन्, सडक यातायातले मानिसको जीवनशैलीमा कसरी परिवर्तन ल्याउँछ भन्ने अनुभव गर्न सकिन्छ।

आधुनिकताले सडक छेउमात्र होइन, गाउँ बस्तीलाई समेत छोइसकेको छ। हरेक नागरिकलाई सहरिया बन्ने इच्छा र महत्वाकाङ्क्षा जगाएको छ। आज कर्णाली राजमार्ग छेउका डरलाग्दा भिरहरूमा घर तथा टहरा निर्माण भएर व्यापार व्यवसाय सञ्चालन भएका छन्।

२०६३ चैतमा ट्रयाक खोलिएको राजमार्गमा विश्व बैंकको सहयोगमा २०७२ सालमा ओटासिल गरिएको थियो। सुर्खेतको बांगेसिमलदेखि दैलेख हुँदै कालिकोटको दहीखोलासम्म १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ। यो खण्ड मर्मतका लागि बर्सेनि करोडौं रकम खर्च भइरहेको छ।

यातायातको सहज पहुँचसँगै बढेको नागरिक आवतजावतले नयाँ ठाउँ बजार बनेका छन्। खुद्रे पसल थोक बिक्रेतामा रूपान्तरण भएका छन्।

तर, सडकको सुधार भने हुन सकेको छैन। यो सडक मर्मतमा गत आर्थिक वर्षमा मात्रै २० करोड रूपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सो रकम केही स्थानमा कच्चीसडक कालोपत्रे गर्न र मर्मतमा खर्च गरिएको थियो। चालू आर्थिक वर्षमा पनि मर्मतको काम थालिएको बताइएको छ।

यो खण्डअन्तर्गत पर्ने जाक्सी खोला पुल वर्षौदेखि अलपत्र छ। एक लेन, पहिरो झरिरहने र सवारीसाधनको बढी चापका कारण राजमार्ग सुधार हुन सकेको छैन। दही खोलादेखि जुम्ला खलंगासम्म एक सय चार किलोमिटर सडक डिभिजन कार्यालय जुम्ला खलंगाले हेर्दै आएको छ।

यो खण्डमा गत आर्थिक वर्षमा मर्मतमै २ करोड ३० लाख रूपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। नियमित मर्मतअन्तर्गत राजमार्गमा खटिने कामदारका लागि १ करोड ६० लाख, पटके मर्मतमा २० लाख र आवधिक मर्मतमा ५० लाख रूपैयाँ खर्च भएको छ।

सरकारले विश्व बैंकको सहयोगमा सुर्खेतबाट दैलेखको खिड्कीज्युलासम्म १२६ र खिड्कीज्युलादेखि जुम्लासम्म १०७ किलोमिटर ओटासिल प्रविधिको कालोपत्रे गरेको थियो। तर, पाँच वर्षमै सडकको करिब ९५ प्रतिशत भागमा कालोपत्रे उप्किएको छ।

सरकारले विश्व बैंकको सहयोगमा सुर्खेतबाट दैलेखको खिड्कीज्युलासम्म १२६ र खिड्कीज्युलादेखि जुम्लासम्म १०७ किलोमिटर ओटासिल प्रविधिको कालोपत्रे गरेको थियो।

राजमार्गले कर्णालीको सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै कर्णाली नदीको किनारै किनार भएर मुगु जोडेको छ। तर, २३२ किलोमिटर लामो यो राजमार्ग गुणस्तर र सुविधाका दृष्टिले ‘राजमार्ग’ नै होइन, पहाडमा हतार हतारमा खनिएको ‘ट्र्याक’ मात्रै हो ।

यातायात सुविधाका लागि आतुर कर्णालीवासीका लागि यो मृत्यु मार्ग भएको छ। राजमार्गले बर्सेनि कैयौंको अकालमै ज्यान लिइरहेको छ। दुर्घटना अन्यत्र पनि हुन्छन् तर कर्णाली राजमार्गमा हुने दुर्घटनाको स्वतन्त्र अध्ययन गर्ने हो भने कमजोर पूर्वाधारमा गर्नुपर्ने यात्राका कारण धेरैले ज्यान गुमाएको देखिने थियो। तर, यस्तो अध्ययनमा कसैले चासो दिएका छैनन्। राजधानी र प्रदेश सदरमुकाम वरपर पिचमाथि पिच गर्ने संघीय सत्तालाई कर्णालीवासीको यो दुःख नियाल्ने फुर्सद पनि छैन ।

कर्णाली राजमार्ग भनिने यो सडकमा कसरी गाडी चलाउनुपर्छ भन्ने थाहा पाउन एकजना चालकको भनाइ पर्याप्त छ। ‘साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न समस्या हुन्छ, अर्कोपट्टिबाट गाडी आयो भने त ब्याक गर्नुपर्छ’ कर्णाली राजमार्गका चालक भदबहादुर रावतले भने, ‘सडकमै कुनै गाडी बिग्रियो भने त अरू गाडी समेत त्यतै बास बस्नुपर्छ।’

भयानक दुई दुर्घटना

५ चैत २०६६ मा कालिकोटबाट सुर्खेत फर्कंदै गरेको काँक्रेविहार यातायातको ना.३ ख ५८६८ नम्बरको यात्रुवाहक बस दैलेखको किटु भीरमा चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्यो। त्यो दुर्घटनामा ४१ जनाले ज्यान गुमाए। त्यो मुलुककै लागि कहालीलाग्दो क्षण थियो।

२०७८ असोज २६ गते नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो। १३ जना घाइते भए। त्यो दशैको माखमा थियो। घटनाबाट मुगु शोकमा डुब्यो।

५ चैत २०६६ मा कालिकोटबाट सुर्खेत फर्कंदै गरेको काँक्रेविहार यातायातको ना.३ ख ५८६८ नम्बरको यात्रुवाहक बस दैलेखको किटु भीरमा चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्यो। त्यो दुर्घटनामा ४१ जनाले ज्यान गुमाए। त्यो मुलुककै लागि कहालीलाग्दो क्षण थियो।

यी घटना कर्णाली राजमार्गमा भएका केही ‘ठूला’ दुर्घटना हुन्। यी घटनाले कर्णालीको सडक दुर्घटनाको चित्र प्रस्तुत गर्छ। कर्णाली राजमार्गमा बेलाबेला हुने यस्ता ठूला दुर्घटनाले देशलाई नै स्तब्ध बताउँछ। यहाँ हुने सडक दुर्घटना बारे थुप्रै गीत बने, कथा लेखिए। तर, अवस्था उस्तै छ। मुलुकलाई नै भावविह्वल बनाउने यी दुर्घटनाले भूपी शेरचनको कविता ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’झैं सत्ताको कुर्सीमा बसेका शासकहरूलाई कहिल्यै छुन सकेन।

नौ वर्ष: दुर्घटनामा हजारको मृत्यु

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त विवरण अनुसार ७० दशकको ९ आर्थिक वर्षमा मात्रै कर्णालीमा १ हजार ८ सय २१ सडक दुर्घटना भएका छन्। यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ सय ९१ छ। यस्ता दुर्घटनामा परी १ हजार ५ सय २७ कर्णालीवासी गम्भीर घाइते भएका छन्। यी दुर्घटनाको सामाजिक, मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App