१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

झोला तान्नेदेखि गाडी घेराउसम्म

बसपार्कमा यात्रुलाई सास्ती

फाइल तस्वीर

पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार पृथ्वीचोक हो। सडक तथा हवाई मार्गबाट आउने जोकोही यही चोकबाट पोखराको मुख्य शहरी क्षेत्रमा प्रवेश गर्नुको विकल्प छैन। सडक मार्गबाट आउने यात्रुको त झन् पृथ्वीचोकस्थित बसपार्क अन्तिम विन्दु हो। यो चोकमा आइपुगेपछि मात्र उनीहरू आआफ्नो गन्तव्यतर्फ लाग्छन्।

यो बसपार्क व्यवस्थित नबन्दा यहाँ आउने पर्यटकले हैरानी खेप्नुपरेको छ। यो बसपार्क साह्रै अव्यवस्थित हुन पुगेको छ। गाडीले यात्रुलाई बाटोमै ओराल्ने मात्र होइन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरूद्वारा परिचालित ट्याक्सी चालकहरूले झोला तान्नेदेखि पर्यटकलाई धकेलाधकेलसम्म गरिरहेको देखिन्छ। व्यवसायीहरू नै भन्छन्, बसपार्क अव्यवस्थित भएको मात्र होइन, लागु औषध दुर्व्यसनीको जक्सनसमेत बन्न पुगेको छ।

पृथ्वी होटल व्यवसायी समिति पोखराले हालै पोखरामा आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले होटल व्यवसायी र ट्याक्सी चालकको व्यवहार लज्जास्पद भएको बताए।

कायक्रमका सहभागीले पहिल्यै पोखरा आएर बसेका एक पुरुष पर्यटकले श्रीमतीलाई आफू बसेको होटलमा बोलाएको तर बसपार्कमा भएको तानातानमा परेर उनी अर्कै होटलमा पुर्‍याइएको घटनासमेत सार्वजनिक गरे।

पृथ्वी होटल व्यवसायी समिति पोखराले हालै पोखरामा आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले होटल व्यवसायी र ट्याक्सी चालकको व्यवहार लज्जास्पद भएको बताए।

एउटा पर्यटकलाई तीन तिरबाट तान्दा बसपार्कको मात्रै नभई समग्र पोखराको बेइज्जत भएको पोखरा बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशवबहादुर थापा बताउँछन्।

‘बसपार्क भित्र यात्रु चढाउने र झार्ने गरिँदैन । बाटोमा उत्रिएका यात्रुलाई तीन तिरबाट तान्दा पोखराकै बेइज्जत भयो ।’ ट्याक्सीले कमिसन खाएर बसपार्कमा उत्रिएका पर्यटकलाई जबरजस्ती लेकसाइड पुर्‍याउने गरेको आरोप पनि उनले लगाए।

स्थानीय थकालीले सडकमा रोक्ने, त्यहाँ यात्रु तान्ने छिनाझप्टीले बसपार्क रमिता स्थल भएको टिप्पणी गरे। ‘बसपार्कबाटै यात्रुलाई चढाउने र झार्ने गरियो भने मात्र यस्तो प्रवृत्ति रोकिएला’, उनले भने।

स्थानीय होटल व्यवसायी अरूण पाण्डेल ट्याक्सीको मनोमानीले यात्रु ठगिने गरेको बताए। त्यसमाथि कमिसनको चक्करमा ट्याक्सी चालकले यात्रुको इच्छाविपरीत लेकसाइड लैजाने गरेको आरोप उनको छ।

पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष अमृत घिमिरे तानातान गर्दा यात्रुले हैरानी खेप्नुपरेको बताउँछन्। उनी भन्छन्, ‘यस्तो क्रियाकलाप नियन्त्रण नगरे पर्यटकीय गन्तव्य पोखराप्रति नै वितृष्णा जाग्न सक्छ।’

एउटा पर्यटकलाई तीन तिरबाट तान्दा बसपार्कको मात्रै नभई समग्र पोखराको बेइज्जत भएको पोखरा बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशवबहादुर थापा बताउँछन्।

लेकसाइडका केही होटलहरूले अमरसिंहचोकबाटै गाडीलाई स्कर्टिङ गरेर यात्रुलाई झर्न नदिई लेकसाइड लैजाने गरेको अर्का व्यवसायी ईन्द्र मगर बताउँछन्। ‘यो त अति भो ! यो विकृति रोक्ने हो भने रोक्नुस्, होइन भने हामी आफैं लखेट्छौं’ उनको चेतावनी थियो।

अर्का व्यवसायी प्रह्लाद मरासिनी बसपार्क सुधार्न अर्को बालेन चाहिएको बताउँछन्। ‘यहाँको स्थानीय सरकार र छाता संस्था उद्योग वाणिज्य संघ त निदाएको छ, केही थाहा पाउँदैन’, उनले भने।

लेकसाइडका होटलहरूको साझा संस्था होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले स्कर्टिङ गर्ने र तानातान गर्नेलाई आफूहरूले संरक्षण नगर्ने बताए।

‘त्यस्तालाई कारबाही गर्नुस् सुरक्षाकर्मी साथीहरू, हामी त्यस्ताको संरक्षणमा लाग्दैनौं। भोलि पक्रेर लैजाँदा छुटाइदिनुस् भनेर प्रहरी कार्यालयमा मचाहिँ आउँदिन’, उनले भने।

उठेका विषयको जवाफ दिँदै पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बेथिति अन्त्यका लागि वडा गम्भीर रहेको बताए। त्यसका लागि स्वयम् व्यवसायी र स्थानीय सुध्रिनुपर्ने उनको भनाइ छ। ‘एउटा संयन्त्र बनाएर एक्सनमा गयौं भने यो सबै नियन्त्रण गर्न सक्छौं’, उनले भने। बसपार्क पोखराको शान भएकाले यसलाई विकृतिमुक्त बनाउनु सबैको दायित्व भएको उनको भनाइ थियो।

लेकसाइडका होटलहरूको साझा संस्था होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले स्कर्टिङ गर्ने र तानातान गर्नेलाई आफूहरूले संरक्षण नगर्ने बताए।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले विकृति अन्त्यका लागि व्यवसायी आफैंले ‘मम’ भन्नुपर्ने बताए। उनले भने, ‘हामीसँग नियम कानुनको खाँचो छैन, खाँचो छ त इच्छाशक्तिको मात्र हो।’

जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले व्यवसायी लोभी हुँदा बसपार्कमा विकृति मौलाएको टिप्पणी गरे।

‘एकजना भए पनि बढी यात्रु लैजान्छु भनेर बसपार्कमा रोक्नुपर्ने गाडी मूल बाटोमै रोकिन्छ। अनि आफ्नो गन्तव्यमा गएका यात्रुलाई व्यवसायी र ट्याक्सी चालकले तानातान गर्न थाल्छन्, उनले भने।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले विकृति अन्त्यका लागि व्यवसायी आफैंले ‘मम’ भन्नुपर्ने बताए।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे, निवर्तमान अध्यक्ष हरिप्रसाद पाण्डे र पूर्व अध्यक्ष कमलप्रसाद न्यौपाने, महासचिव महेशबाबु ज्ञवालीलगायतले बसपार्क क्षेत्रमा देखिएको विकृति रोक्न समितिले पहलकदमी लिइएको बताए। ‘यसको अन्त्य जरुरी छ। यसका लागि हामी सबैले आवाज उठाऔं र हातेमालो पनि गरौं’, उनीहरूले भने।

प्रकाशित: २४ असार २०८० ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App