९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र (तस्बिरहरु)

हिजो दिउँसोदेखि अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका छन्।  

ईच्छाकामना गाउँपालिका(५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि सडक अवरुद्ध भएको हो। पहिरो झर्ने क्रम नरोकिएपछि आ आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन्।  

बिहीबार दिउँसो साढे १ बजे निरन्तर सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध छ।  

दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

तस्बिरमा हेर्नुस् सडक अवराेधपछि यात्रुले खेपेकाे सास्ती । तस्बिर: विनोद श्रेष्ठ

प्रकाशित: १५ असार २०८० ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App