२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिंदा एक पैदलयात्रुको मृत्यु भएको छ।

काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिंडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो। सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए।

गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ जेष्ठ २०८० ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App