१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

जेब्राक्रसमा सरकारी गाडी!

सुर्खेतको वीरेन्द्रनगरस्थित पिपलचौतारामा जेब्रा क्रसिङमा पाकिङ्ग गरेर राखिएको सरकारी गाडी। तस्बिर: नगेन्द्र/नागरिक

सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पाकिङ गरेको पाईएको छ। नयाँ सडक बनेपछि सुर्खेतमा ट्राफिक संकेतहरू बनाइए पनि सरकारी गाडीले नै नियम पालना गरेका छैनन्। सरकारी गाडी चलाउने चालकले जेब्रा क्रसिङमा पाकिङ्ग गर्न हुन्न भन्ने सामान्य कुरासमेत ख्याल नगरेको पाइएको हो।

भे १ झ २५६ नम्बर प्लेट भएको सरकारी जीप जेब्रा क्रसिङमा पाकिङ गरेर राखिएपछि स्थानीयसमेत छक्क परेका थिए। ट्राफिक प्रहरीले जथाभावी पाकिङ राखिएका सवारीधनीलाई जरिवाना तिराउने गरेका छन्। तर, सुर्खेतमा ट्राफिक नियमका बारेमा स्थानीय सरकार र प्रहरीले जनचेतना गरेको पाईदैन्।

ट्राफिक नियमका बारेमा जनचेतनामुलक कार्यक्रमहरू भएका तर कति प्रभावकारी हुने भन्ने नै प्रमुख कुरा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख (एसपी) रामप्रकाश शाहले बताए। 

प्रकाशित: २२ असार २०८० ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App