७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चितवनमा यात्रुबाहक बस पल्टियाे, ३१ जना घाइते

चितवनमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिदा ३१ जना यात्रु घाईते भएका छन्। पुर्व पश्चिम राजमार्ग राजमार्ग स्थित खैरहनी नगरपालिकाको पर्सा बजारमा गएराति करिव एक बजेको समयमा बागमती प्रदेश०३–००१ख२५६१ नं.को बस अनियन्त्रित भई सडक छेउको नालिमा पल्टिएको चितवन प्रहरीले जानकारी दिएको छ।

सो बस कलैया बाराबाट काठमाण्डौँका लागि छुटेको थियो। घाइतेहरु सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेको छ। उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। गम्भीर घाइते हुनेमा विरगञ्ज महानगरपालिका ५का रुपेश चौधरी छन् । त्यस्तै १४ जनाको अवस्था मध्यम र १६ जना सामान्य घाईते भएको चितवन प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा धादिङ र भारतका एक÷एक जना छन् भने अन्य  पर्सा र बारा जिल्लाका रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १ जेष्ठ २०८० ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App