२३ वैशाख २०८१ आइतबार
image/svg+xml

वाणिज्य बैंकले बढाएनन् निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले केही दिनअघि नै निक्षेपको ब्याज दर नबढाउने समझदारी गरेको थियो। सोही समझारीले गर्दा निक्षेपकर्ताले मंसिरमा कायम ब्याजदर अनुसारै माघ मसान्तसम्म चित्त बुझाउनुपर्ने भएको हो।

सबै संयन्त्र परिचालन गर्न एमालेको माग

प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारकै कमजोरीका कारण फेरि कोरोना महामारी फैलिएको भन्दै रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा सरकारी तथा गैरसरकारी क्षेत्रका सबै संयन्त्र र निकाय परिचालन गर्न माग गरेको छ।

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ।

कोभिडले थलिएको जुम्लाको पर्यटन क्षेत्र

यहाँ आउने पर्यटकले चन्दननाथ मन्दिरको इतिहासबारे बुझ्ने, मन्दिरमा दर्शन गरे मनोआकांक्षा पूरा हुने र थेसिस गर्ने लगायतका कारणले अवलोकन गर्ने गरेको गुठी समितिका सचिव जीतबहादुर महतले जानकारी दिए।

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।

ओमिक्रोनबाट जोगिन उच्च सतर्कताः दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

विज्ञको सुझाव र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रअन्तर्गतको समन्वय समितिको बैठकपछि सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

तलब सरकारको, कामचाहिँ दलको!

कोरोना महामारीका कारण दुई वर्षदेखि थला परेको विद्यालय शिक्षा मंसिर पहिलो सातादेखि बल्लबल्ल तंग्रिन लागेको समयमा शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी ऐनको उपहास हुनेगरी शिक्षक,प्राध्यापक महाधिवेशन प्रतिनिधि चयन हुनु विडम्बना हो।

श्रीराजदेवीको नयाँ कीटाणुनाशक बजारमा

श्रीराजदेवी इन्टरनेसनल प्रालिले भोलाभेला नामक नयाँ कीटाणुनाशक औषधि नेपाली बजारमा बिक्री सुरु गरेको छ।

फस्टाउँदै महिला उद्यमशीलता:सहयोगी छैन राज्य संयन्त्र

ललितपुरकै महांकाल गाउँपालिकाकी चिनीमाया नेगीले दुःखको पहाड छिचोलेकी छन्। उनको कथा अलि भिन्न छ। अहिले समाजकी अगुवा बनेकी उनले पार गरेको दुःख नै बाँकीका लागि ऊर्जा हो। उनी एक सफल व्यावसायी मात्रै होइनन् गाउँमा अन्यायमा परेका महिलाकी उनी आशा पनि हुन्। गाउँमा कसैले कसैमाथि हिंसा गर्‍यो भने उनीहरू चिनीमाया कहाँ आइपुग्छन्।

विदेशको विकल्प

मुलुकले बर्सेनि खाद्यान्न, तरकारी र अन्य अत्यावश्यक वस्तु विदेशबाट आयात गर्नुपरेको छ। देशभित्र खेतबारी भने बाँझा भएका छन्। यिनै युवालाई कृषिमा आकर्षित गर्न नसकिने होइन। तिनका उत्पादनले सहजै बजार पाउने हो भने देशमै बसेर तिनले मनग्गे आम्दानी गर्न सक्छन्।

वायुमण्डलमा हरितगृह ग्यासको घनत्व सर्वाधिक बढ्यो

‘हरितगृह ग्याससम्बन्धी यो प्रतिवेदनले कोप–२६ का लागि महत्वपूर्ण र कटु सन्देश दिएको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का महासचिव पेटेरी टलासले भनेका छन्।

रेमिटेन्समा गिरावट कायमै

विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि अर्को वर्षदेखि पुनः रेमिटेन्स वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्ष हालसम्मकै उच्च नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

उद्धार निर्देशिका कार्यान्वयनमा अलमलः ऋण लिँदै, घर फर्कंदै श्रमिक

कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा अलमल भएपछि बखेर्ची श्रमिक ऋण लिएर फर्कने क्रम जारी छ।

‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’

कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेहरू समस्यामा परे पनि राजनीतिक दल र सरकारी संयन्त्रले चासो नदिएको गुनासो गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्