३१ चैत्र २०८१ आइतबार
image/svg+xml १४:२० अपराह्न
अर्थ

श्रीराजदेवीको नयाँ कीटाणुनाशक बजारमा

श्रीराजदेवी इन्टरनेसनल प्रालिले भोलाभेला नामक नयाँ कीटाणुनाशक औषधि नेपाली बजारमा बिक्री सुरु गरेको छ।

रसियास्थित जेएससी कन्सर्न ग्र्यानिटद्वारा उत्पादित भोलाभेला कोरोना, सार्स, हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, इकोर, एचआइभी जस्ता विभिन्न खतरनाक कीटाणुविरुद्ध प्रभावकारी हुने वैज्ञानिक पुष्टि भइसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विशेष भौतिक रासायनिक गुण भएको यस उत्पादनले यस्ता कीटाणुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्दछ।

अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलाभेल कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ। यसैगरी सार्वजनिक स्थान, कार्यालय, सवारीसाधन, अस्पताल, शैक्षिक संस्था आदिलाई कीटाणुबाट सुरक्षित राख्न यो निकै उपयोगी रहेको कम्पनीको दाबी छ।

‘विगत २ वर्षदेखि नेपाललगायत विश्वका धेरै मुलुक कोरोना महामारीबाट पीडित भइरहेका छन्। यसै सन्दर्भमा अल्कोहलमुक्त भोलाभेलले यी कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्दछ,’ कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार गर्गले भने, ‘उपभोक्ताको स्वास्थ्यलाई कोरोना महामारीबाट प्रभावकारी रूपमा सुरक्षित राख्ने ध्येयले हामीले यो उत्पादन नेपालमा भित्र्याएका हौं।’

प्रकाशित: २ मंसिर २०७८ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App