१३ वैशाख २०८२ शनिबार
image/svg+xml ७:० पूर्वाह्न
खेल

चार देशीय टी-२० उपाधि भिडन्त : जितका लागि नेपालसामु १७५ रनको लक्ष्य

हङकङमा जारी चार देशीय टी–२० आई शृङ्खलाको उपाधिका लागि भइरहेको खेलमा कुवेतले जितका लागि नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा जारी खेलमा नेपालले जबाफी ब्याटिङ गरिरहेको छ। नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। निर्धारित २० ओभरमा ७ विकेट गुमाएर कुवेतले १७४ रन जोडेको थियो।  

शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो। शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो। त्यसपछि दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए। पाँच अङ्कका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। 

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अङ्कसहित फाइनलमा पुगेको हो। 

प्रकाशित: ३१ चैत्र २०८१ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App