९ आश्विन २०८१ बुधबार
image/svg+xml

आउँदो चार सातामा संक्रमण घट्दै जान्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि कोरोना भाइरसको संक्रमण घट्न सक्ने बताएका छन्।

संक्रमितलाई अस्पताल पुर्‍याउन साढे तीन लाखमा हेलिकोप्टर चार्टर

खोटाङका एक संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साढे तीन लाखमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको हो ।

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

कोरोना कहरको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित भएको भारतको राजधानी दिल्ली र मुम्बइमा पछिल्लो केहि सातायता सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

संक्रमित घरघरमा बस्दा आइसोलेसन प्रयोगबिहिन

आइसोलेसन खाली छन्। संक्रमित घरमा छन्। न त संक्रमित सुरक्षित छन् न त आइसोलेसनको प्रयोग भएको छ, स्थानीय जीवनबहादुर खत्रीले भने,‘तत्काल संक्रमित सबै आइसोलेसनमा लैजाने वातावरण सिर्जना हुनुपर्छ।

धनकुटामा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै

आइताबार गरेको परिक्षणमा शहिद भुमि गाउँपालिकामा २९, महालक्ष्मी नगरपालिका १६ र धनकुटा नगरपालिकामा १५ जना गरी ६० जनामा संक्रमण देखिएको हो।

खोटाङका २९ संक्रमितले जिते कोरोना

साकेला गाउँपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोभिड–१९ को संक्रमण जितेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

अक्सिजनका लागि वाणिज्य संघको अभियान

केहि दिनदेखि सुरु भएको अभियानमा रकम जम्मा हुने क्रम जारी छ। आइतबार साँझसम्म ३५ लाखभन्दा बढी रकम जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए।

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

रोल्पामा थप ७४ लाई संक्रमण, संक्रमित संख्या ६ सय ७८ पुग्यो

रोल्पामा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ६ सय ७८ पुगेको छ। हालसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

कोरोना संक्रमितको उपचारमा समस्या

संघ तथा प्रदेश सरकारले समयमै आवश्यक बजेट, तथा मेडिकल सामग्रीहरू उपलब्ध गराउन नसकेका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको प्रदेश १ का अस्पतालहरूले जनाएका छन्।

प्रदेश १ मा एक हजार ३९ संक्रमित थपिए

प्रदेश १ मा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश का विभिन्न ल्यावमा शुक्रबार २ हजार ५ सय ८६ जनाको स्वाब परीक्षण गर्दा १ हजार ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रोल्पामा एकैदिन ७५ संक्रमित, मृत्यु हुनेको संख्या ११

पछिल्लो २४ घण्टामा रोल्पामा २ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको न्युरो सर्जरी सम्पन्न

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक जना कोरोना संक्रमितको न्युरो सर्जरी भएको छ।

वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्