२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

धनकुटामा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै

धनकुटामा कोरोना संक्रमितको संख्या दिनप्रति दिन तीव्र गतिमा बढ्न थालेको छ । धनकुटाको ल्यावमा आइताबार रातिसम्म गरिएको परिक्षणमा ६० जनामा संक्रमण पुष्टि भएको हो।

आइताबार गरेको परिक्षणमा शहिद भुमि गाउँपालिकामा २९, महालक्ष्मी नगरपालिका १६ र धनकुटा नगरपालिकामा १५ जना गरी ६० जनामा संक्रमण देखिएको हो। यो सँगै धनकुटामा कोरोनाका सक्रिय संक्रमित ५ सयको हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख तुलसी प्रसाद गुरागाइँले जानकारी दिएका छन्। त्यस्तै गरी  कोरोनालाई जितेर १९ जना घर फर्किएका छन्।  

दुइ दिनमा कोरोनाको कारणले ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ। अहिले सबै संक्रमित होम आईसोलेसनमा रहेका छन्।  होमआईसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य स्थितिको वारेमा पूर्ण रुपमा जानकारी लिन नसकिएकाले पालिकामा रहेको सिआईसिसट टिम बढी सक्रिय रहने जिल्ला स्वास्थ्य कार्यालयले आवह्वान गरेको छ ।

प्रकाशित: १० जेष्ठ २०७८ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App