८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो। 

सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान १७ का ६५ वर्षीय पुरुषको गएराती १० बजेर ५० मिनेटमा कोभिड अस्पतालमा निधन भएको थियो। मृतक मधुमेहका विरामी पनि थिए। उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका वृद्धको स्वास्थ्य समस्या देखिएपछि हिजो मात्र प्रतिष्ठानमा भर्ना गरिएको थियो। मृतकको शवलाई आज दिउँसो परिवारले दाहसँस्कार गर्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।  

यसैगरि, प्रतिष्ठानमा उपचारको क्रममा सप्तरीको कञ्चनपुर ८ का २८ वर्षीय युवाको पनि निधन भएको छ। उनको आज बिहान अढाई बजे कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए। उनका अनुसार मृतकलाई वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो भने हिजो मात्रै प्रतिष्ठानमा भर्ना गरिएको थियो। मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App