५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रोल्पामा एकैदिन ७५ संक्रमित, मृत्यु हुनेको संख्या ११

रोल्पामा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ४ पुगेको छ। पछिल्लो २४ घण्टामा रोल्पामा २ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भइसकेको छ।  

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ७२ जनाले कोरोना जितेका छन्। आज कोरोनाबाट ज्यान गुमाउनेको अन्त्येष्टि नेपाली सेनाले गरेको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App