५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

प्रज्ञाको नेपाली शब्दकोश संशोधन हुने

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९)’ संशोधन गर्ने भएको छ। प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश २०७९’ संशोधन हुने जानकारी दिएका हुन्।

विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग र पेसाका व्यक्तिबाट मौखिक तथा लिखित रूपमा असन्तुष्टि एवं विमति प्राप्त हुन आएकाले सो शब्दकोशमा गरिनुपर्ने संशोधन तथा परिमार्जनसम्बन्धी आफ्ना सुझाव आगामी पुस महिनाभित्र प्रतिष्ठानमा पठाउनसमेत उनले आग्रह गरे। ‘प्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोश संशोधन गर्ने भएको छ,’ उनले भने, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोशमा प्रविष्ट कतिपय शब्दार्थबारे विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग र पेसाका व्यक्तिले मौखिक तथा लिखित रूपमा असन्तुष्टि एवं विमति जनाएकाले सो शब्दकोशमा गरिनुपर्ने संशोधन तथा परिमार्जनसम्बन्धी आफ्ना सुझाव आगामी पुस महिनाभित्र प्रतिष्ठानमा पठाइदिन हुन सबैमा अनुरोध गर्दछु।’

प्रकाशित: ५ आश्विन २०८१ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App