५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

शर्माको सँझ्यालमाथि विमर्श

लघुकथाकार नवराज शर्माको लघुकथासङ्ग्रह सँझ्यालमाथि भक्तपुरमा विमर्श गरिएको छ। सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा स्रष्टाहरूले नेपाली लघुकथाको वर्तमान अवस्थाका साथै सँझ्यालमा भएका लघुकथाका विविध पाटोमाथि समीक्षात्मक टिप्पणी गरे।

कथाकार हरि अधिकारीले यता आएर आफूले नेपाली लघुकथाहरू अध्ययन गर्न थालेको उल्लेख गर्दै स्तरीयताको लागि स्रष्टाहरूले अझ प्रयास गर्नुपर्ने बताए।

कथाकार ध्रुव मधिकर्मीले संझ्यालमा भएका प्रायः लघुकथाहरू आर्थिक अभाव, पारिवारिक स्थिति र राजनीतिक विसंगतिमाथि प्रभावकारी रूपमा लेखिएको बताए।

लघुकथाकार खेमराज पोखरेलले सँझ्यालभित्र समेटिएका लघुकथाको रूपविधानले मानक विशेषतालाई पछ्याउनुका साथै चुस्त र दुरुस्त रूपमा बुनिएकाे बताए।

लघुकथाकार इन्दिरा चापागाईंले स्रेष्टा शर्माका लघुकथाहरू सटिक र व्यंग्यात्मक रहेको बताइन्।

कृतिका लेखक शर्माले सानो आकारमा जीवनका विविध पक्षलाई व्यक्त गर्न र छिट्टै पढिसकिने भएकाले लघुकथाप्रति आकर्षित भएको बताए। साथै उनले आफूले २०३० सालमै गोरखापत्र र अभिनव पत्रिकामा लघुकथा लेखेर छपाए पनि विविध कारणले त्यसलाई निरन्तरता दिन नसकिएको पनि उल्लेख गरे।

कार्यक्रममा स्रष्टाहरू आरआर चौलागाई, दिपक लोहनी, रासा र डा. हिमलाल श्रेष्ठ लगायतले स्रष्टा शर्माका लघुकथाहरू राम्रा र प्रभावकारी छन् भन्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा समाजको तर्फबाट स्रष्टा शर्मालाई कदरपत्र प्रदान गरिएको थियो। संझ्याल लघुकथासङ्ग्रहमा विविध सन्दर्भमा लेखिएका ६९ लघुकथा छन्।

प्रकाशित: ५ आश्विन २०८१ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App