९ आश्विन २०८१ बुधबार
image/svg+xml

६ हजार ८सय २५ जना कोभिडका नयाँ बिरामी थप, ५ हजार ९०४ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ हजार ५६२ वटा पीसीआर र ३ हजार २११ वटा एन्टीजेन परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

उदयपुरमा कोभिडले एकै परिवारका ३ जनाको मृत्यु

रौतामाई गाउँपालिका ७ मुर्कुची मुल घर भई त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका तुलबहादुर मस्राङ्गी मगर जेठ पहिलो साता कोभिड संक्रमित पुष्टि भएपछि सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा भर्ना भए ।

कोरोना संक्रमितमा कालो ढुसी

केही समयदेखि भारतका विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी नेपालमा पनि देखिएको छ। कोरोना संक्रमित या संक्रमण भइसकेका व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयको आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन्। नेपालमा अहिले कालो ढुसी संक्रमित १२ जनाको उपचार भइरहेको छ।

कोभिड संक्रमितलाई राहत

बेलका नगरपालिका २ स्थित तपेश्वरीका होम आइसोलेसनमा रहेका प्रभावितहरुलाई समूहले राहत उपलब्ध गराएको हो।

उदयपुरमा संक्रमितको संख्या एक हजार नाघ्यो, २३९ निको भए

पछिल्लो २४ घण्टामा ४७ नयाँ संक्रमित थपिएसँगै कोराेना संक्रमितको बिरामीकाे संख्या उदयपुरमा १ हजार नाघेको छ। मंगलबार थपिएका संक्रमितमा २३ महिला र बाँकी पुरुष छन्। यो सँगै संक्रमितको संख्या ४ सय ५६ महिलासहित १ हजार १६ पुगेको छ।

संक्रमित अवस्था बुझ्न घरमा

कोरोना संक्रमित होम आइसोलेन्समा नबसेको, बजारतिर हिँड्ने गरेको तथा संक्रमितलाई पनि कसैले वास्ता नगरेको भन्ने विषयले निक्कै चर्चा पाएपछि संक्रमितको अवस्था बुझ्न घरमै जाने कामको सुरुवात गरिएको छ।

कोरोना संक्रमित बेडबाट लडेको घटनाबारे वीपी प्रतिष्ठानले छानबिन गर्ने

बेडबाट लडेर गम्भीर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको घटनाबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छानबिन गर्ने भएको छ। मृतकको परिवारजनले छानबिनको माग गर्दै शव जिम्मा नलिने अडान लिएपछि प्रतिष्ठानले आन्तरिक छानबिन गर्ने भएको हो।

रोल्पामा घट्दै संक्रमित

मंगलबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १४ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।

कोरोना संक्रमितले दूध वितरण गर्दै हिँडेको जनगुनासोपछि डेरी उद्योगमा अनुगमन

वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा डेरी उद्योगहरुमा अनुगमन गरेको छ। डेरीको दुध वितरकहरु कोरोना संक्रमित भएकाहरुले वितरण गर्दै हिड्दा महामारी फैलिएको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको जनाइएको छ।

अस्पताल प्रमुख र दुई चिकित्सकसहित १९ स्वास्थ्यकर्मी संक्रमित

अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलसहित ३ डाक्टर, ७ नर्स, ४ जना प्रशासनतर्फका कर्मचारी, ३ जना कार्यालय सहयोगी र अन्य ३ जनामा संक्रमण भएको हो ।

उदयपुरमा काेराेनाः ७६ थपिँदा १४ संक्रमणमुक्त

उदयपुरमा आईतबार ३२ महिलासहित ७६ जना संक्रमित थपिएका छन् । नयाँसहित हाल जिल्लामा सक्रिय संक्रमतिको संख्या ९ सय १६ पुगेको छ । अघिल्लो दिन ३ सय ४२ महिलासहित उपचाररत ८ सय ५४ जना सक्रिय संक्रमितमध्ये १४ जना निको भएका छन् ।

प्रदेश १ मा १ हजार ५ जना संक्रमित थपिए

प्रदेश १ मा आइतबार १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३ सय ६२, मोरङमा ३ सय ५१, सुनसरीमा १ सय ६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, तेर्‍हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दुई साताको अन्तरालमा पाँच संक्रमितको मृत्यु

प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले आइतबार दिउँसो एकजना महिलाको मृत्यु भएको बताए। उनले गुठिचौर गाउँपालिका ३ की ७० वर्षीया एक महिलाको मृत्युसँगै पाँच जनाको मृत्यु भएको बताए।

गर्भवती महिलाले जितिन् संक्रमण, उपमेयरले दिइन् अण्डा र हर्लिक्स

शनिबार स्वास्थ्यकर्मी लिएर घरैमा गरिएको एन्टिजेन परीक्षणका क्रममा संक्रमित गर्भवतीको रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले बताइन्।

कोभिडविरुद्ध घरदैलो अभियान चलाउँदा वडाध्यक्ष र सदस्य नै संक्रमित

जेठ ९ गते आफ्नो फेसबुक टाईमलाईनमा माथिको उद्धरण पोष्ट गरेका त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राई अहिले आफै संक्रमित भएका छन्। देशव्यापी जारी कोभिड महामारी आफ्नो वडामा पनि बढ्दै गएपछि जनताको घरघर पुगेर स्वास्थ्य जाँच, उद्वार र उपचार कार्य अभियान चलाउँदै गरेका वडाध्यक्ष राई ३ दिनअघि संक्रमित पुष्टि भएपछि होमआईसोलेसनमा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्