coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुई साताको अन्तरालमा पाँच संक्रमितको मृत्यु

जुम्लामा दुई साताको अन्तरालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका कालिकोट तिला गुफाका २, सुर्खेत घर भइ कालिकोटमा व्यवसाय गर्दै आएका एक र जुम्लाका दुई जना संक्रमितको मृत्यु भएको हो।  

प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले आइतबार दिउँसो एकजना महिलाको मृत्यु भएको बताए। उनले गुठिचौर गाउँपालिका ३ की ७० वर्षीया एक महिलाको मृत्युसँगै पाँच जनाको मृत्यु भएको बताए।  

उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन्। उनलाई श्वासप्रश्वासको निकै समस्या थियो। अक्सिजनको मात्रा निकै कम थियो। प्रवक्ता भट्टराइले भने,‘अक्सिजन दिएर भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। बचाउनको लागि अधिकतम प्रयास भएको थियो । तर बचाउन सकिएन।’

कोरोना संक्रमणका कारण मृतकको संख्या बढिरहेकोले सचेत रहन आग्रह गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।  

प्रतिष्ठानका अनुुुसार कोरोना संक्रमण भएका तर १४ दिन आइसोलेसनमा बसेर रिर्पोट नेगेटिभ आइसकेका एक अर्को पुरुषको पनि मृत्यु भएको छ। तर उनको कोभिडका कारणले मृत्यु भएको भन्न नसकिने प्रवक्ता भट्टराइले बताए।उनी दमको रोगी थिए।  

एक जना कालिकोटका संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठान जुम्लाले जनाएको छ। हाल प्रतिष्ठानको आइसोलेसनमा ३२ जना संक्रमितको उपचार भइराखेको छ।  

जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार वैशाख ८ देखि हालसम्म संक्रमितको संख्या ४ सय ८ जना रहेको छ। निको भएर घर फर्किनेको संख्या १ सय ८१ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १६ जेष्ठ २०७८ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App