१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा संक्रमितको संख्या एक हजार नाघ्यो, २३९ निको भए

जिल्ला अस्पताल उदयपुर। तस्बिर: महेश्वर/नागरिक

पछिल्लो २४ घण्टामा ४७ नयाँ संक्रमित थपिएसँगै कोराेना संक्रमितको बिरामीकाे संख्या उदयपुरमा १ हजार नाघेको छ। मंगलबार थपिएका संक्रमितमा २३ महिला र बाँकी पुरुष छन्। यो सँगै संक्रमितको संख्या ४ सय ५६ महिलासहित १ हजार १६ पुगेको छ। 

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार मंगलबार त्रियुगामा १७, बेलकामा १०, लिमचुङबुङमा ८ र रौतामाई तथा चौदण्डीगढीमा ६–६ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार २ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको संख्या जिल्लामा १ सय ४ महिलासहित २ सय ३९ पुगेको छ। निको हुनेहरु त्रियुगामा ४१ महिलासहित १ सय १ जना पुगेका छन्। भने चौदण्डीगढीमा २५ महिलासहित ५८ छन्। 

त्यस्तै बेलकामा २२ महिलासहित ४१ र कटारीमा ६ महिलासहित १६ जना रहेको स्वास्थ्यले जनाएको छ। त्यसैगरी रौतामाईमा २ महिलासहित ९, लिमचुङबुङमा ४ महिलासहित ८, उदयपुरगढीमा ३ महिलासहित ५ र ताप्लीमा एक महिला निको भएका छन्।  

त्रियुगामा २ सय १५ महिलासहित ४ सय ९० जना सक्रिय संक्रमितमको बिभिन्न अस्पताल र होमआईसोलेसनमा उपचार भईरहेको छ भने चौदण्डीगढीमा ६० महिलासहित १ सय २४, कटारीमा ५२ महिलासहित १ सय १४ र बेलकामा ५९ महिलासहित १ सय १४ कै उपचार भईरहेको छ। गाउँपालिकातर्फ सबभन्दा बढी रौतामाईमा २८ महिलासहित ७८, लिमचुङबुङमा ३१ महिलासहित ६०, उदयपुरगढीमा १० महिलासहित ३१ र ताप्लीमा १ महिलासहित ५ जना उपचारमा छन्।

सक्रिय संक्रमितहरुमध्ये ५३ जनाको अस्पतालमा र ९ सय ६३ को होमआईसोलेसनमा उपचार भईरहेको छ । बेलटारस्थित उदयपुर कोविड अस्पतालमा १९ महिलासहित ४० जना संक्रमितको उपचार भईरहेको चौदण्डीगढी स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए। त्यस्तै  गाईघाटस्थित आँखा अस्पतालको आईसोलेसनमा २१ जनाको उपचार भईरहेको फोकल पर्सन शिवकुमार यादवले बताएका छन्।

जिल्लामा संक्रमितको संख्या थपिने क्रम नरोकिएपछि तेस्रो पटक थपिएको निषेधाज्ञा जेठ २१ गतेसम्म रहेको छ। संक्रमित भकाभक देखिन थालेपछि वैशाख २५ गतेदेखि एकसाताका लागि लागू गरिएको निषेधाज्ञा लम्ब्याउँदै तेस्रो पटक थपिएको हो। संक्रमित संख्या नरोकिए जेठ अन्तिम सातासम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने अवस्था आउने जिल्ला कोभिड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जनाएको छ।

जिल्लामा कोभिडले हालसम्म ३७ जनाको ज्यान लिएको छ। स्वास्थ्य कार्यालयको रिपोर्टमा भने थप दुईजनाको मृत्युको अभिलेख नसमेटिएकाले ३५ जना मात्र रहेको छ। मंगलबार रौतामाई ७ मुर्कुचीका ४६ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । ३ दिनअघि मात्र उनको सहोदर भाइ ४२ वर्षीय  पुरुषको कोभिडकै काराण् मृत्यु भएको थियो। भाईको मृत्युको ३ दिनपछि दाजुको पनि मृत्यु भएपछि परिवारजन गहिरो शोकमा डुबेको छ। दुवै छोराको पालैपालो मृत्युको खवरले बृद्धा आमा बेहोस् भएको स्थानीयले बताएका छन्।

प्रकाशित: १९ जेष्ठ २०७८ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App