११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

किन खुलेनन् काठमाडौंका सबै विद्यालय

चैतदेखि रोकिएको कक्षा १२ को अन्तिम परीक्षा गराउन परीक्षा बोर्ड सफल भएको छ । यही सफलताको आधारमा काठमाडौंका विद्यालयले विद्यार्थीको उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनका लागि सबै तयारी गरिसकेका छन् । तर काठमाडौं महानगर भने काठमाडौंमा जोखिम बढी रहेकाले विद्यालय खोल्ने पक्षमा छैन ।

गाउँ–गाउँमा खुले अस्पताल, घरदैलोमै उपचार पाउँदा दंग

शरीर दुख्न थालेको ९ महिना बितिसक्दा पनि बाँके, बैजापुरकी ४१ वर्षीया सिता थारु अस्पताल जान पाएकी थिइनन्। एकातिर कोरोना भाइरस(कोभिड–१९)को महामारी, अर्कोतिर घरदेखि टाढा (नेपालगन्ज र कोहलपुर) पुग्नुपर्ने बाध्यताका कारण उनले उपचार गराउन हिम्मत गरिनन्।

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसैमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको एक संक्रमित युवकले बताए।

आठ महिनापछि खुले बाँकेका विद्यालय

कोरोना भाइरस(कोभिड–१९) महामारीले बन्द भएको आठ महिनापछि पहिलो पटक विद्यालय पुग्दा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना बाँकेकी करिस्मा थारु आइतबार हर्षित भईन्। विद्यालयमा पहिलो पाईला टेक्न पाउँदा उनको मन खुसीले फुरुङ्ग भयो। महामारीका कारण गत चैत महिनाबाट विद्यालय बन्द भएको थियो।

‘ढोका त खोल्यौ तर, भित्र पस्ने पाहुना छैनन्’

कोरोना भाइरस महामारीसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिना अघि संचालनमा आयो । सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साहि पनि बने ।

सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोनाबाट एकैदिन थप २८ को मृत्यु

कोरोना भाइरसका कारण सबैभन्दा बढी मृत्यु बागमती प्रदेशमा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अक्सफोर्ड खोप ७० प्रतिशत सफल

बेलायतको अक्सफोर्ड विश्व विद्यालय र औषधी निर्माता कम्पनी अष्ट्राजेनेकाद्वारा निर्माण भैरहेको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत सफल देखिएको छ।

नेतृत्व, नैतिकता, लोकतन्त्र र समानताको चौतर्फी महामारी

कोरोना कहरले दुनियाँको अर्थतन्त्र, समाज र धेरै रितिथितिमा नै उथलपुथल र आमूल परिवर्तन ल्याउने अवस्था रहेको छ। यसरी अकस्मात संक्रमणबाट ज्यान गुमाउनेहरुले लोभ, मोह, कामलाई नै त्यागेर जानु परेको अवस्था छ भने प्रियजन गुमाउनेहरुका लागि यो समय कस्टप्रद छ। कोहि भेन्टिलेटरमा जीवन र मृत्युसँग लडिरहेका छन्। कोहि आइसोलेसनमा छन्, अनि कैयौं जागिर, रोजगार गुमाएर हतास मानसिकतामा छन्।

पुणेमा कोरोनाविरुद्ध हर्ड इम्युनिटीको संकेत

भारतको पुणेका केहि मानिसहरुमा हर्ड इम्यूनिटी अर्थात भाइरसविरुद्ध लड्ने प्रतिरोध क्षमता विकास भएको संकेत पाइएको छ।

दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना

दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको छ। बिवाह समारोहका लागि दिइएको छुट अब कायम रहने छैन। मास्क नलगाउनेले २ हजार जरिवाना तिर्नु पर्ने छ। यस अघि मास्क नलगाएको खण्डमा ५ सय जरिवाना तिर्नु पर्थ्यो।

थपिए २१ सय ३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ सय ५८ जना कोरोना मुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ।

सलमान खान आइसोलेसनमा

बलिउड अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन्। खानका सवारी चालक र दुई सहयोगिलाई कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका हुन्। उनी परिवारका सदस्यसहित १४ दिनका लागि आइसोलेसनमा बसेको इन्डिया टुडेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्