coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीनगरमा गरिएको शिल खुला

सल्यानको शारदा नगरपालिकाका केही वडामा कात्तिक २७ गतेदेखि लगाइएको शिल पूर्णरूपमा खुला भएको छ। सल्यानको श्रीनगरमा ४६ जनाको स्वाब परीक्षण गर्दा ३३ जना कोरोना भाइरसका संक्रमित भएपछि श्रीनगर र आसपासका क्षेत्र शिल गरिएको थियो।

पछिल्लो समय ८५ जनाको स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएपछि उच्च स्वास्थ्य सतर्कता साथ शिल खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। संक्रमितलाई सुरक्षित होमआइसोलेसनको सुनिश्चितता गरी अन्य पसल, व्यवसाय र क्रियाकलापसमेत भौतिक दुरी कायम गरी, मास्क, सेनिटाइजर, पसलमा अनिवार्य डोरी टाँगी, भिडभाड नगराई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी शिल गरिएका क्षेत्र खुला गरिएको प्रशासनले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ।

उच्च सतर्कताका लागि प्रशासनले कात्तिक २७ गतेदेखि मंसीर १० गतेसम्म शारदा नगरपालिका वडा नम्बर १ का चैवाङ्ग, जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिमचौर र पटनेरी, वडा नम्बर २ को जोगिदेउखोला र वडा नम्बर ६ को बरला आसपासका क्षेत्र शिल गरिएको थियो।

अहिले उक्त क्षेत्रमा शिल खुला गरिएको छ। निश्चित मापदण्ड बनाएर शिल गरिएका क्षेत्र खुला गरिएको प्रशासनले जनाएको छ। बजार क्षेत्रमा कोरोना भाइरस भयावह हुन नदिन यहाँ श्रीनगर र आसपासका क्षेत्र शिल गरिएको थियो।

प्रकाशित: ११ मंसिर २०७७ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App