८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाल बुढ्यौली समाजतर्फ अग्रसर !

नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ अग्रसर भइरहेको छ। जनगणना नतिजाले विगत ७ दशकमा वृद्धवृद्धाको जनसंख्यामा क्रमिक रूपमा बढ्दै गएको देखाएको छ।

रित्तिँदै म्याग्दीका घुम्ती गोठ

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ।

दुलही-नाति शहर पसे, घरै रित्तो भएको छ

कमाई ल्याउँछु भन्दै छोरो, विदेशतिर गएको छ, दुलही नाति शहर पसे, घरै रित्तो भएको छ। गरिखानु कसो गरी, हातपाउ चल्न छोडिसके, कहाँ पोखूँ जिन्दगीले, कति व्यथा सहेको छ।

जवानीमै सचेत नभए बुढ्यौलीमा अल्जाइमर

बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।

महामारीमा बुढ्यौली

विकसित देशमा ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन छ भने संयुक्त राष्ट्र संघले ६० वर्ष उमेर पूरा भएका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेकोे छ।

मिलेर बढे ‘राजा’ जितिन्छ

‘चेसमा राजनीति र लडाइँ दुवै हुन्छ,’ ८३ वर्षे सूर्यमान ताम्राकार भन्छन, ‘जसले आफ्ना पक्षलाई मिलाएर अघि बढायो उसकै जीत हुन्छ ।’

आमाहरू पढ्दैछन्– कपुरी क ! (फोटो फिचर)

सदरमुकाम बेनी बजारकी मनमाया बुढाथोकी बुढ्यौलीमा कक्षा १ मा पढ्दैछिन्। उनलाई कक्षा १० सम्म पढेर एसइई दिने रहर छ। ‘अक्षर नचिन्दा मोबाइल फोनमा नम्बर थिच्न पनि जानिनँ’, उनले भनिन्, ‘त्यसैले पढ्न आएकी।’

‘अल्जाइमर्स डिमेन्सिया’

बुढ्यौलीसँगै सम्झने शक्ति कमी हुनुलाई चिकित्सकहरू स्वाभाविक प्रक्रिया मान्छन् । तर कतिपय मानिसमा त्यही स्वाभाविक प्रक्रिया अस्वाभाविक बन्दा ‘विस्मृति’ बढ्छ । जसका कारण बुढ्यौलीसँगै बिर्सने रोग ‘अल्जाइमर डिमेन्सिया’ हुनेछ ।

बुढ्यौलीका व्यथा

‘तिमी त दिनभरि सुत्छौ, अनि कहाँबाट निद्रा परोस् ? हामी राति निदाउनु पर्दैन ?’ एक पुरुष आवाजले एउटा वृद्धालाई रातको करिब २ बजे हकार्दै गरेको सुनेपछि कारणवश धुम्बाराही बास बसेकी यो पंक्तिकारलाई रात काट्न साह्रै कठिन भयो।

बुढ्यौलीका दुःखहरू

एक एकल आमा, जो ८१ वर्ष नाघिसक्नु भयो, जिन्दगीको रापताप, संघर्षका पौठेजोरी र नौ सन्तान हुर्काउँदाका भुक्तमान लगायतले उमेरभन्दा निकै बुढ्यौलीग्रस्त देखिनुहुन्छ। तर, जिन्दगी धान्न आवश्यक सवै कुराको जोहो सहित दैनन्दिनका व्यवहारिक चटारो उहाँको टाउकोबाट पन्छिन सकेको छैन।

जवानीमा अपराध, बुढ्यौलीमा जेल

‘आज एउटा ठूलो डरको अन्त भयो । २० वर्षसम्म म पक्राउ पर्ने त्रासमा बाँचें,’ प्रहरीले सोमबार हतकडी लगाउनासाथ थापाले भने, ‘काठमाडौंमा मलाई नपुग्दो थिएन तर थोरै लोभ गर्दा गाउँमा लुकेर बस्नुप¥यो, परिवारको इज्जत गयो ।’

जवानीमा अपराध, बुढ्यौलीमा जेल

काठमाडौं-‘पाप धुरीबाट कराउँछ,’ भन्ने बुढापाकाको कथन यतिबेला नारायणबहादुर थापासँग ठयाक्कै मिल्छ। ३५ वर्षे उमेरमा केही हजारको लोभमा बाटो बिराएका थापाले सुख काट्ने उमेर कारागारको चिसो छिडीमा बिताउनु पर्नेछ। थापालाई सोमबार ५५ वर्षको उमेरमा प्रहरीले पक्राउ गरेर केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको छ।

बुढ्यौलीको बोझ

२०७२ सालको हिँउद। चिसो निकै बढेको छ। बिहानै म बाटोको धारामा पानी थापिरहेको छु । अलि माथिबाट लौरो टेकेर ख्वाङ्ख्वाङ् खोक्दै नरबहादुर श्रेष्ठ तलतिर झरेको देख्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्