१९ वैशाख २०८१ बुधबार
image/svg+xml

माओवादीले नगर प्रमुखको कार्यकक्षमा लगाए तालाबन्दी

लेटाङ नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा माओवादीले तालाबन्दी गरेको छ।नगर प्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको हो। नगर प्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराईको सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोज्दै बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोजेका छन्।महानगरका प्रमुख प्रशासकीय अधिृकत बसन्त अधिकारीलाई साहले हटाउन चाहेका छन। यद्यपि अधिकारी अहिले पनि महानगरमै छन्। अहिले अधिकारीको कार्यकक्षमा ताला लगाएको छ।

मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्।आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

उपकुलपतिको कार्यकक्षमा मध्यरातीसम्म थुनिए ४ जना पदाधिकारी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु गएराती मध्यरातसम्म उपकुलपतिको कार्यालयमा थुनिएका छन ।

उपकुलपति कार्यकक्षमा प्रवेश गरेपछि वीपी प्रतिष्ठानमा प्रहरी र आन्दोलनकारीबीच झडप

आन्दोलनकारीको ताला तोडेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कार्यकक्षमा प्रवेश गरेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।

वीपीमा चर्किंदै इन्टरनेटमा भ्रष्टाचार प्रकरण: पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टरनेट सेवामा भएको भ्रष्टाचार प्रकरणलाई पदाधिकारीले नै ढाकछोप गर्न खोजेपछि थप विवाद चर्कदै गएको छ।

प्रप्रअको कार्यकक्षमा ताला लगाइएकोप्रति गाउँपालिका अध्यक्षको आपत्ती

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको विषयमा खोटाङको साकेला गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साकेला गाउँपालिका–३ खिदिमा मुहान भएको सौरे घट्टेखोला खानेपानी योजनाको पारदर्शीतामाथि प्रश्न उठाउँदै कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई नेतृत्वको टोलीले शक्रबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत रबिन मगरको कार्यकक्षमा ताला लगाएको घट्नाप्रति गाउँपालिका अध्यक्ष अर्जुन खड्काले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले मागे माफी

नगर कार्यपालिका सदस्यहरुलाई जातीय अपशब्द बोल्दै दुर्व्यवहार गरेका भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले माफी मागेका छन् । नगर कार्यपालिकाको बैठकले गरेका निर्णयको प्रतिलिपी माग्न जाँदा उनीहरुलाई कार्यकक्षमै दुर्व्यवहार गरेका बस्नेतले आाफू बोल्न नजानेको भन्दै माफी मागेका हुन् ।

साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालावन्दी

आर्थिक वर्ष २०७७/७८ को वजेट वाडफाडको विषयलाई लिएर धनकुटाको सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा गाउँपालिका वडाध्यक्षहरुले तालावन्दी गरेका छन् । वजेट वाडफाड गर्ने सन्दर्भमा गाउँपालिकाको वैठकमा कुनै परामर्श एवम् दोहोरो छफलफल नगरी गाउँपालिकाको अध्यक्ष याखाले एककलौटी र निरंकुस बजेट बाँडफाँड गरेको बडाध्यक्षहरुले अरोप लगाएका छन् ।

वडाध्यक्षमाथि कार्यकक्षमै हातपात

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ। काका भतिजबीचको लेनदेनको विषयमा उत्पन्न बिवाद समाधानका लागि छलफल गराउनेक्रममा आईतबार वडाध्यक्ष भीमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो।

प्रमुखको कार्यकक्षमा डेढ महिनादेखि ताला

सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस डेढ महिनायता अन्योलमा गुज्रिरहेको छ। विद्यार्थी आन्दोलन र समस्या समाधानमा क्याम्पस प्रशासनको तदारुकता अभावले प्रशासनिक कामकाज ठप्प छ।

गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ।

ऐन उल्लंघन गरेपछि भुक्तानीमा समस्या

राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ कार्यकक्षमा राखिएका सामानको अहिलेसम्म भुक्तानी भएको छैन।

कार्यकक्षमै थुनिए वडाध्यक्ष

निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाएको समुहले खोटाङमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेको छ। सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार कार्यकक्षमै थुनिएको हो।

राज्यमन्त्रीको बिजोग : न कार्यकक्ष न आवास

मन्त्रालयमा बस्ने कोठा नभएपछि कहिले मन्त्रीको कार्यकक्षमा गएर बस्छु, कहिले बाहिरका कार्यक्रममा गई समय बिताउँछु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्