९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

प्रमुख उपप्रमुखको कार्यकक्ष भाडाको घरमा

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनवाट जिल्लामा निर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुख र वडाध्यक्षहरुको कार्यकक्ष बनाउन भवन अभाव भएपछि कार्यालय व्यवस्थापनमा उनीहरुलाइ समस्या परेको छ।

सिडिओकै कार्यकक्षबाट मोबाइल चोरी

जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयाक सिडिओको कार्यकक्षबाटै मोबाइल चोरी भएको छ। कार्यकक्षमा चार्जमा राखेको मोबाइल चोरी भएको हो। मोबाइल कसले उठाएको भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। स्यामसुङ ग्यालेक्सी टु मोडलको मोबाइल चोरी हुँदा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने सम्पर्कविहीन भएका छन्।

अग्रवाल कार्यकक्षको ताला खुल्यो

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा नियुक्त डिन डा. जगदीशप्रसाद अग्रवालको कार्यकक्षमा असन्तुष्ट समूहले लगाएको ताला सहमतिपछि सोमबार खुलेको छ।

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला

जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराहारी कार्यकर्ता र शिक्षक सहितको टोलीले शिक्षा कार्यालय पुगेर जिशिअ ठाकुरको कार्यकक्षमा ताला लगाएको हो।

कार्यालय प्रमुखको कार्यकक्षमा पोसाकमै मदिरा–भोज !

सरकारी कार्यालयको कार्यकक्षमै मदिरा–भोज भएको सुन्दा पत्यार नलाग्ला। तर यहाँको एक सरकारी कार्यालयको कार्यकक्षमा कर्मचारी बस्ने कुर्सी टेवलमै मदिरासहित मासुका परिकार पस्केर कर्मचारीले भव्य भोज गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्