२० वैशाख २०८१ बिहीबार
image/svg+xml

युनाइटेड साउथह्याम्पटनसँग रोकियो

आइतबार राती टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो ।

‘गत सिजनका शीर्ष चार टोली नै उपाधि दाबेदार’

‘गत सिजनका शीर्ष चार टोली (सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी) नै उपाधि दाबेदार रहेता पनि अन्य टोलीको सम्भावनालाई पनि नकार्न सकिँदैन।’

माउरिन्हो बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले सोमबार प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्हो १७ महिनाअगाडि मात्र क्लब प्रशिक्षण सम्हाल्न आएका थिए। टोटेनह्यामले लिग कपको फाइनल हुनुभन्दा ६ दिनअगाडि माउरिन्होलाई बर्खास्त गरेको हो।

चेल्सी एभर्टनसँग निराश

१२ खेलको समाप्तिमा २२ अंक जोडेको चेल्सी चौथो स्थानमा छ। एक खेल कम खेलेका टोटेनह्याम र लिभरपुल समान २४ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। साउथह्याम्पटन २३ अंकका साथ तेस्रो र लेस्टर सिटी २१ अंकका साथ पाँचौं स्थानमा छन्।

लिभरपुलको टोटेनह्यामसँग अंक बराबरी

उल्भरह्याम्पटनमाथि ४–० को जितका साथ साबिक विजेता लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको टोटेनह्यामसँग अंक बराबरी गरेको छ।

टाउकाको चोटमै लुइजलाई खेलाउँदा आलोचना

आर्सनलको मेडिकल टोलीले लुइजको टाउकोमा पट्टी बाँधिदिएका थिए, तर मैदान फर्किए लगत्तै उनको टाउकोबाट रगत बग्न थालेको थियो ।

फुलह्यामसँग लेस्टर स्तब्ध

फुलह्यामले पछिल्ला चार पेनाल्टीमध्ये तीन पेनाल्टीमा सफलता पाउन सकेको थिएन, तर इभान काभालेइरोले यस पटक भने पेनाल्टी सदुपयोग गर्दा लेस्टर फुलह्यामसँग २–१ ले स्तब्ध भयो ।

बर्नलीलाई पहिलो सफलता

बर्नलीले सोमबार सिजनको पहिलो सफलता हात पार्दा साउथह्याम्पटनले भने वुल्भ्ससँग १–१ को बराबरीमा रोकिँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।

थोरै राहत अस्वीकार

प्रिमियर लिगका शीर्ष क्लबहरू आर्थिक संटकमा पर्ने संकेत पाएसँगै इएफएल र क्लबहरूबीच आर्थिक सहायताका लागि छलफल जारी रहे पनि दुवै पक्ष अहिलेसम्म कुनै निष्कर्षमा भने परेका छैनन्।

खेलतालिकाप्रति सोल्सजायरको आक्रोश

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलतालिका हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।

लिभरपुल र युनाइटेडको लज्जास्पद हार

जनवरी २०१९ पछि प्रिमियर लिगमा यो लिभरपुलको चौथो हार हो। लिभरपुलले गत सिजन साबिकको विजेता म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो।

चेल्सीको सहज जित

बेन चिलवालले डेब्यु खेलमा र जर्गिनोले पेनाल्टीमा दुई गोल गरेपछि शनिबार प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध ४–० को सहज जित निकालेको छ। कुर्कच्चाको चोटका कारण ढिला मात्र डेब्यु गरेका चिलवाल यसै सिजन लेस्टर सिटीबाट ६४ मिलियन अमेरिकी डलरमा चेल्सीमा अनुबन्धित थिए।

चेल्सीको निराशा यथावत्

स्टाम्फोर्ड ब्रिजमा फ्रांक लाम्पार्डको डेब्यु सिजन सन्तोषजनक रह्यो। क्लब सम्हालेको पहिलो सिजनै लाम्पार्डले टोलीलाई इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा राख्दै अर्को सिजनको च्याम्पियन्स लिगको टिकट पक्का गर्नुका साथै टोलीलाई एफए कपको फाइनलसम्म डो¥याए, जहाँ चेल्सी आर्सनलसँग निराश भएको थियो।

युनाइटेडलाई पहिलो गाँसमै ढुंगा, टोटेनह्यामको रवाफिलो जित

भ्रमणकारी टोली क्रिस्टल प्यालेससँग सुरुआतबाट नै दबाबमा परेको युनाइटेडले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन। निरन्तर काउन्टरमा रहेको युनाइटेडविरुद्ध क्रिस्टलले गोल थप्दै जित निश्चित गरेको हो।

चेल्सीको लगानीअनुसार प्रदर्शन

चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले आफूहरूले नयाँ सिजनका लागि खर्चेको २ सय ५७ मिलियन डलरको लगानीले फलदायी हुने संकेत गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्