coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लिभरपुलको टोटेनह्यामसँग अंक बराबरी

उल्भरह्याम्पटनविरूद्ध सट प्रहार गर्दै लिभरपुलका माेहम्मद सालाह। तस्बिर: एजेन्सी

उल्भरह्याम्पटनमाथि ४–० को जितका साथ साबिक विजेता लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको टोटेनह्यामसँग अंक बराबरी गरेको छ।  

लिभरपुलले गत सिजन जुनमा ३० वर्ष देखिएको प्रिमियर लिग उपाधिको खडेरी तोड्दा कोभिड १९ को महामारीका कारण लागेको प्रतिबन्धका लागि दर्शकले प्रत्यक्ष मैदानमा उपस्थित भएर सो खुसी मनाउन पाएका थिएनन्। आइतबार भने एन्फिल्डमा २ हजार दर्शक उपस्थित थिए। प्रिमियर लिगका खेलहरूमा शनिबारबाट २ हजार दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको छ।  

खेलको सुरुआतमा उल्भरह्याम्पटनले लिभरपुलमाथि दबाब सिर्जना गर्ने संकेत गरेको थियो। तर २४ औं मिनेटमा मोहम्मद सालाहले अग्रता दिलाएपछि भने लिभरपुल पूर्ण रूपमा हाबी भएको थियो। ५८औं मिनेटमा जर्जिनियो विज्नाल्डमले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। त्यसको ९ मिनेटपछि जोइल माटिपले घरेलु टोलीको अग्रता थप बढाएका थिए। ७८औं मिनेटमा उल्भरह्याम्पटनका नेल्सन सिमेडोले आत्मघाती गोलमा लिभरपुलले सहज जित हात पारेको थियो।

टोटेनह्याम ११ खेलमा २४ अंकका साथ शीर्ष स्थानमा छ भने लिभरपुलको पनि समान  ११ खेलमा समान २४ अंक छ र टोली दोस्रो स्थानमा छ। चेल्सी २२ अंकका साथ तेस्रो, २१ अंकका साथ लेस्टर सिटी चौथो र म्यानचेस्टर युनाइटेड १९ अंकका साथ पाँचौं स्थानमा छ।

आइतबार भने एन्फिल्डमा २ हजार दर्शक उपस्थित थिए। प्रिमियर लिगका खेलहरूमा शनिबारबाट २ हजार दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको छ।   

‘फेबु्रअरीमा लिग सुरु भए पनि हामी स्वाभाविक अवस्थाको फर्किने पर्खाइमा थियौं। हामी आजबाट भने सामान्य अवस्थामा फर्किएको जस्तो आभास भइरहेको छ। यो विशेष क्षण हो,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने।

यता आइतबारै भएको अर्को खेलमा टोटेनह्यामले शीर्ष स्थानमा उक्लिने क्रममा आर्सनलमाथि २–० को जित हात पा¥यो। १३औं मिनेटमा ह्यारी केनको गोलमा टोटेनह्याम खेलमा अघि बढेको थियो। पहिलो हाफको इन्जुरी समयमा सन ह्युङ मिनले टोटेनह्यामको अग्रता दोब्बर पारेका थिए।

आर्सनलमाथिको सहज जितका साथ शीर्ष स्थानमा उक्लिएसँगै टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले केनको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे।

‘ह्यारी केनले सबै स्थानमा आफ्नो दरिलो उपस्थिति जनाए,’ माउरिन्होले भने, ‘यो नै टोलीको सफलतको मुख्य हतियार बन्यो। हामी उत्कृष्ट लयमा छौ। सुधारिएको प्रदर्शन गरिरहेका छौ। हामीले लगातार तीन बलियो टोलीविरुद्ध खेल्यांै। म्यानचेस्टर सिटी र आर्सनलसँग जितका साथ पूरै अंक लियौं भने चेल्सीविरुद्ध गोलरहित बराबरी खेले पनि एक अंक मात्र भए पनि गुमाएनौं। यसले टोलीको लय प्रमाणित गर्छ।’

यता लिगको छैटौं हारपछि आर्सनल भने १३ अंकका साथ प्रिमियर लिगको १५औं स्थानमा छ।

प्रकाशित: २३ मंसिर २०७७ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App