coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लिभरपुल र युनाइटेडको लज्जास्पद हार

इङ्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग लज्जास्पद हार बेहोरेपछि लिभरपुका प्रशिक्षक योर्गान क्लोपले क्लब इतिहासमा गलत इतिहास रचिएको बताएका छन्।

साबिकको विजेता लिभरपुलले एस्टन भिल्लालाई ७–२ को नतिजा सुम्पिएको थियो। प्रिमियर लिगमा साबिकको विजेताले सन् १९५३ को सेप्टेम्बरपछि बेहोरेको यो नै फराकिलो हार हो। सो सिजन आर्सनललाई सन्डरल्यान्डले ७–१ ले निराश पारेको थियो। भिल्लाको सानदार जितमा ओल्ली वाट्किन्सले ह्याट्रिक पूरा गर्दा ज्याक ग्रेइसले पनि २ गोल गरेका थिए।

‘आज १–० ले पछि परेपछि नै खेल हाम्रो हातबाट फुस्किसकेको थियो,’ क्लोपले भने।

जनवरी २०१९ पछि प्रिमियर लिगमा यो लिभरपुलको चौथो हार हो। लिभरपुलले गत सिजन साबिकको विजेता म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो। यस सिजन सुरुआती ३ खेलमा सुखद नतिजाका साथ उपाधि रक्षा गर्ने लक्ष्य प्रस्ट्याएको लिभरपुल चौथो खेलमा भने निरीह देखिएको हो। मोहम्मद सालाहले २ गोल गर्दा लिभरपुलले खेल २–१ र ५–२ को अवस्थामा ल्याएको थियो तर भिल्ला पार्कमा धेरै जसो समय डेन स्मिथको टोली हाबी देखिएको थियो।

जनवरी २०१९ पछि प्रिमियर लिगमा यो लिभरपुलको चौथो हार हो। लिभरपुलले गत सिजन साबिकको विजेता म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो।

‘कसले ७–२ ले हार्न चाहन्छ ?’ क्लोपले भने, ‘एक वर्षपहिले हामी आफैंले हामी इतिहास रच्न चाहन्छौं भनेका थियौं। इतिहास आज पनि रचियो, तर पक्कै पनि गलत प्रकारको। हामीसँग ठूलो अवसर थियो तर हामीले त्यसको फाइदा भने उठाउन सकेनांै। हामीले धेरै गल्ती ग¥यौं, त्यो नै महंगो साबित भयो। पहिलो गोलपछि नै हामी लयबाट बाहिरियौं, आफ्नै गल्तीले एकपछि अर्को गोल खाइरह्यौं।हामीले हारपछि बहाना बनाउँदैमा लज्जास्पद हारबाट नाम मेटिँदैन।’

लिभरपुलले पहिलो रोजाइका गोलकिपर एलिसन चोटका कारण टोलीमा नरहँदा वैकल्पिक गोलकिपर एड्रियानले भिल्लाविरुद्ध मौका पाएका थिए  

यता म्यानचेस्टर युनाइटेड पनि घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटेनह्यामसँग ६–१ को फराकिलो अन्तरमा पराजित भएको छ। युनाइटेडविरुद्ध १–० ले पछि परे पनि जोजे माउरिन्होको टोलीले उत्कृष्ट पुनरागमनमा रबाफिलो जित पक्का गरेको हो।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले टोटेनह्यामविरुद्धको हारलाई प्रशिक्षक जीवनकै खराब दिनको संज्ञा दिएका छन्। एन्थोनी मार्सियाल रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा १० खेलाडीमा सीमित हुँदै खेलकोे अन्त्य गरेको युनाइटेड यस नतिजापछि तालिकाको १६ औं स्थानमा छ।

‘हामी यो लज्जास्पद हारका स्वयम् जिम्मेवार हांै,’ सोल्सजायरले भने, ‘अहिले म खेलदौरान के भयो भन्न सक्दिनँ। हामीलाई उत्कृष्ट टोलीले नमीठो हार चखायो। मेरो प्रशिक्षण जीवनकै यो खराब दिन हो। खेलाडीका लागि पनि यो खराब दिन।’

प्रकाशित: २० आश्विन २०७७ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App