१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलतालिकाप्रति सोल्सजायरको आक्रोश

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलतालिका हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।  

प्रिमियर लिगअन्तर्गत शनिबार एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न खेलमा युनाइटेडले ३–१ को सहज जित हात पारे पनि सोल्सजायर लगतार आफ्ना खेलाडी घाइते भएको भन्दै प्रिमियर लिगका प्रमुखमाथि खनिएका हुन्। यस जितसँगै लगतारको हारपछि सोल्सजायरमाथि परेको दबाबसमेत कम भएको छ।  

युनाइटेड बिहीबार मात्र च्याम्भ्पिन्स लिगमा इस्तानबुल बसाकसेयरसँग निराश भएको थियो। शनिबार १२ः३० मा युनाइटेड र एभर्टनबीच  खेल  भएको थियो।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले २ तथा यसै सिजन क्लबमा भित्रिएका इडिसन काभानीको एक गोल गरेका थिए।  

तर ल्युक सह ह्यामस्ट्रिङ, भिक्टर लेन्डोफ ढाड  र मार्कुस रसफोर्ड कुमको चोटका कारण बाहिरिएपछि सोल्सजायर आक्रोशित बनेका हुन्।  

‘तपार्इं कसरी खेलाडीले पूर्ण क्षमताअनुसारको प्रदर्शन गरोस् भन्ने चाहनुहुन्छ, जबकि तपार्इंले १२ः३० मै खेलतालिका राख्नुभएको छ। यो हास्यास्पद हो,’ सोल्सजायरले भने, ‘हाम्रा खेलाडीले व्यस्त खेलतालिकाका कारण शतप्रतिशत प्रदर्शन गर्न सकेनन्। बिहीबार राति खेलेपछि हामी शनिबारै मैदान उत्रन प¥यो। खेलाडीलाई आराम चाहिँदैन ?’

प्रिमियर लिगका सुरुआती चरणमा शीर्ष स्थानमा रहन सफल एभर्टनले भने लगातार तीन खेलमा सुखद नतिजा ल्याउन सकेको छैन।

प्रिमियर लिगअन्तर्गत शनिबार भएको अर्को खेलमा चेल्सी सेफिल्ड युनाइटेडमाथि  ४–१ को जितका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको जितमा ट्यामी अब्राहम, टिनो वेर्नेर, थियागो सिल्भा र बेन चिलवेलले समान एक गोल गरेका थिए।  

‘हामी तेस्रो स्थानमा छांै, चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले भने, ‘जितको श्रेय खेलाडीको मिहिनेतलाई जान्छ। उनीहरूले साँच्चै राम्रो खेले। हाम्रो टोली सन्तुलित छ र क्रमिक रूपमा लयमा फर्कंदै छ। हामी पछिल्ला ६ खेलमा अपराजित रहँदै आएका छांै र यो लयलाई आगामी खेलमा पनि निरन्तरता दिन चाहन्छाैं।’

यता क्रिस्टल प्यालेसले लिड्स युनाइटेडलाई ४–१ ले हराउँदा वेस्ट ह्यामले फुलह्यामलाई १–० ले निराश पा-यो।

प्रकाशित: २४ कार्तिक २०७७ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App