५ वैशाख २०८१ बुधबार
खेल

फुलह्यामसँग लेस्टर स्तब्ध

फुलह्याम इङ्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रबाट माथि उक्लिँदा सोमबार लेस्टर सिटीलाई २–१ हराएको दिन वेस्टह्यामले एस्टन भिल्लालाई नाटकीय रूपमा २–१ ले स्तब्ध बनाएको छ ।

स्कट पार्करको टोली फुलह्यामले यस सिजनको लिगमा दोस्रो जित मात्र निकाल्दा एडेमोला लुकमन र इभान काभालेइरोले गोल गरेका थिए । एडेमोलाले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाउँदा इभानले त्यसको आठमा मिनेटपछि पेनाल्टीमार्पmत गोल गर्दै फुलह्यामलाई २–० ले अगाडि बढाए । फुलह्यामले पछिल्ला चार पेनाल्टीमध्ये तीन पेनाल्टीमा सफलता पाउन सकेको थिएन, तर इभानले यस पटक पेनाल्टी सदुपयोग गर्दै फुलह्यामका लागि महŒवपूर्ण जित दिलाए । हार्भे बान्सले ८६औं मिनेटमा गोल गर्दै लेस्टरलाई २–१ को स्थितिमा ल्याए पनि फुलह्याम रेलिगेसन क्षेत्रबाट एक अंकले माथि उक्लिन सफल भयो ।

‘इभानले गत हप्ता मात्र पेनाल्टी चुकाएका थिए । म ट्विटर र इन्स्टाग्रामको प्रयोगकर्ता त होइन, तर यति कल्पना गर्न सक्छु की उनलाई सामाजिक सञ्जालले धेरै उडायो । इभानले पनि त्यो हेरे होलान्,’फुलह्यामका प्रशिक्षक पार्करले एभर्टनसँग इभानले पेनाल्टी गुमाएको प्रसंग कोट्याउँदै भने,‘मैले उनलाई त्यस समय भनेको थिएँ, यदि दोस्रो पटक पनि पेनाल्टी अवसर प्राप्त भए सफल हुन सक्छौं ? त्यस समय उनले मेरो आँखा हेरेँ र भने म तयार छु ।’ यो जित भावनात्मक रूपमा पनि फुलह्यामका लागि विशेष रह्यो । फुलह्यामका लुकमनले गोल गरेपछि क्लबकै पूर्वमिडफिल्डर पापा बाउबा डियोपको नाम अंकित टिसर्ट प्रदर्शन गरेका थिए ।  

फुलह्यामले पछिल्ला चार पेनाल्टीमध्ये तीन पेनाल्टीमा सफलता पाउन सकेको थिएन, तर इभान काभालेइरोले यस पटक भने पेनाल्टी सदुपयोग गर्दा लेस्टर फुलह्यामसँग २–१ ले स्तब्ध भयो ।  

बाउबाको यसै हप्ता मात्र ४२ वर्षको उमेरमा निधन भएको थियो । ‘बाउबाको श्रद्धाञ्जली दिने क्लबकै निर्णय थियो, त्यो गर्दा खेलाडी पनि खुसी थिएँ । जसले कमै उमेरमा आफ्नो जीवन गुमाएका थिए, उनी हाम्रो क्लबका महत्वपूर्ण सदस्यसमेत हुन्,’फुलह्यामका प्रशिक्षक पार्करले भने । फुलह्याम पछिल्ला २६ प्रिमियर लिगमा पहिलो अवे खेलमा जित निकाल्न सफल भयो, जुन सन् २०१९ पछि पहिलो अवे जित पनि हो । यता, लेस्टर पराजित भए पनि लिगको अंकतालिकामा चौथो स्थानमै छ, जो शीर्ष टोली टोटेनह्यामभन्दा तीन अंकले मात्र पछि छ ।  

निराश वाटकिन्स  
एस्टन भिल्लाका ओली वाटकिन्स पेनाल्टी अवसरमा चुक्नुका साथै अतिरिक्त समयमा गरिएको गोल भारद्वारा अस्वीकृत भएपछि वेस्टह्यामले लन्डन स्टेडियममा तेस्रो जित निकाल्न भयो । खेलको दोस्रो मिनेटमै एन्गेलो ओगबोन्नाले गोल गरेपछि वेस्टम्यामले सानदार सुरुआत गरेको थियो । कर्नरबाट आएको बललाई एन्गेलोले हेडमार्पmत जाली चुमाउँदै अग्रता दिलाएका थिए । सन् २०१९ को डिसेम्बरमा अन्तिम गोल गरेका एन्गेलो वेस्टह्यामका लागि पछिल्ला चार वर्षमा छिटो गोल गर्ने खेलाडीसमेत भए ।  

खेलको २५औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै एस्टन भिल्लालाई खेलमा बराबरीको अवस्थामा पु-याए । तर, दोस्रो हाफको ४६औं मिनेटमा जारोड बोयनले गोल गर्दै पुनः वेस्टह्यामलाई अग्रता दिलाएका थिए । खेलेको ७४औं मिनेटमा वेस्टह्यामका डिक्लेन राइसले विंगर ट्रेजेग्वेइटलाई लडाएपछि भिल्लाले पेनाल्टी अवसर पाएको थियो । तर, यस सिजन उत्कृष्ट लयमा देखिएका वाटकिन्सको पेनाल्टी प्रहार भने बारमा ठोक्किएपछि भिल्लाले बराबरीको अवसर गुमायो । अतिरिक्त समयमा पनि उनले नजिकै दूरीबाट गोल गरे पनि रेफ्रीले त्यसलाई भारमार्पmत अफसाइड निर्णय दिएसँगै वेस्टह्यामले जित निकाल्यो ।

प्रकाशित: १७ मंसिर २०७७ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App