११ मंसिर २०८१ मंगलबार
image/svg+xml

माथिल्लो तामाकोसीको सबै युनिट राष्ट्रिय प्रसारणमा

अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले माथिल्लो उक्त आयोजनाको ६ वटै युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडान भइसकेको बताए।

नौ करोड बढीको लागतमा निर्माण प्रहरी भवनको उद्घाटन

नौ करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ। भवनको प्रहरी महानिरीक्षक (आइजिपी) शैलेस थापा क्षेत्रीले गरे।

डेढ अर्ब लागतमा बूढानीलकण्ठमा बाल अस्पताल बनाइने

अहिले काठमाडौंको जनघनत्व अनुसार बालबालिकाका लागि उपचार गर्न सबै सुविधा भएका अस्पताल छैनन्। धेरै वर्षअघि स्थापना भएको कान्ति बाल अस्पतालले सक्दो सेवा दिइरहे पनि चाप धेरै भएकाले सबैले सेवा पाउन सकेका छैनन्। अर्कोतिर यहाँ समय सुहाउँदो अत्याधुनिक सेवा र सुविधा पनि छैनन्। यस्तो बेला बूढानीलकण्ठमा सामुदायिक अस्पतालको ढाँचामा सबै सुविधासहितको बाल अस्पताल बनाउन लागिएको हो।

२९ करोड लागतमा रुपातालमा बाँध बाँधिदै

टेण्डर परेको कम्पनीलाई रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजनाले सम्झौताको लागि पत्रचार गरिसकेको छ। ‘कम्पनीलाई सम्झौताको लागि पत्रचार गरिसकिएको छ।’ परियोजना प्रमुख तुलसी भट्टराईले भने–‘१५ दिनभित्रमा सम्झौता गरिसक्नुपर्ने छ।’

सडकमा कंक्रिट ढलान: लागत महँगो भए पनि टिकाउ

कालोपत्रे सडकको आयु करिब २० वर्षको मात्र हुन्छ। तर त्यसको तुलनामा लागत ४०/५० प्रतिशत बढी भए पनि ढलान सडक ४०/५० वर्ष टिक्ने सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए। यसबारे नीतिगत रूपमा बहस नै सुरु गर्नुपर्ने उनको धारणा छ।

गौरवका आयोजनाको लागत आठ गुणासम्म वृद्धि

सरकारले सबैभन्दा बढी प्राथमिकता दिए पनि काम गर्न नसकेका कारण राष्ट्रिय गौरवका आयोजनाको लागत आठ गुणासम्मले बढेको पाइएको छ ।

हस्तान्तरण नहुँंदै पानी चुहियो करोड बढी लागतमा बनेको सम्पदामा

भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण नहुँंदै पानी चुहिएको छ ।

पुष्पलाल लोकमार्गको लागत तेब्बर पुग्ने

सुरुमा तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लागत झण्डै तेब्बर पुग्ने भएको छ। आर्थिक वर्ष ०६४/६५ मा आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान रहेकोमा अहिले बढेर ८४ अर्ब ३३ करोड पुगेको छ।

पाँच करोड लागतमा तारजाली उद्योग सञ्चालनमा

रोजगारीको अवसर नपाएर हजारौं युवा विदेश गइरहेका बेला ग्रामीण क्षेत्रका दुई युवा उद्योग खेलेर आत्मनिर्भर बन्ने बाटोमा लागेका छन्। कैलालीको गोदावरी नगरपालिकास्थित बिजौरा गाउँमा दुई युवाले सुदूरपश्चिममै पहिलो तारजाली उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन्।

‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तर्राष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन्।

जलविद्युत् आयोजनाकाे लागत बढेको बढ्यै

१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ पुगेको छ।

शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनःसूचारु भएपछि मलेसिया जान कामदारको भीड लागेको छ। कामदार छनोट गर्न मलेसियाली कम्पनीका पदाधिकारी स्वयं काठमाडौं आएका छन्।

शून्य लागतमा मलेसिया सुरु

चार दिनअघि नेपाल र मलेसियाका अधिकारीबीच क्वालालाम्पुरमा भएको सहमतिपछि आइतबारदेखि सून्य लागतमा मलेसिया रोजगारी सुरु भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले श्रमिक मलेसिया पठाउँदा आतेजाते हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका शुल्क रोजगारदाताले बेहोर्ने बताए।

अण्डामा मासिक २१ करोड घाटा

उत्पादन लागतको आधारमा मूल्य नपाएकाले करोडौं रुपैयाँ क्षति बेहोर्नु परेको कुखुरापालक किसानले गुनासो गरेका छन्। प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगे पनि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोरेको अण्डा उत्पादक संघले जनाएको छ।

निर्यातमा ढुवानी लागत सस्तिँदै

रेलमार्फत ढुवानी भई भारतीय बन्दरगाहको बाटो ‘कन्टेनर’मा तेस्रो मुलुक जाने मालवस्तुको ढुवानी लागत सस्तो हुन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्