११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अनुमानितभन्दा निकै कम लागतमा जीर्णाेद्धार

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिरअगाडिको भैरवनाथको मन्दिरको जीर्णाेद्धार लागत अनुमानभन्दा निकै कममा सम्पन्न भएको छ।

अण्डाको मूल्य बढ्यो, किसानको लागत अझैं पुगेन

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ।

आयोजना लम्बिँदा लागत दोब्बर बढी

२०७३ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना पूरा हुन अझै कम्तीमा आठ महिना लाग्ने अनुमान छ। आयोजना बेलैमा निर्माण नहुँदा अनुमानित लागत खर्च ३५ अर्बबाट बढेर ७३ अर्ब पुग्ने भएको छ।

माथिल्लो तामाकोसीको लागत ७३ अर्ब पुग्दै

गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दी तथा प्राकृतिक प्रकोपका कारण बेलैमा सम्पन्न गर्न नसक्दा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बरभन्दा माथि पुग्ने भएको छ। सुरु गर्दा ३५ अर्बले बन्ने अनुमान गरिएको आयोजना सम्पन्न हुँदा ७३ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने भएको छ।निर्माण अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड पुग्ने भएको छ।सरकारले आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गरेको छ।स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि कुल लागत बढेको हो।

निजी लागतमा विद्यालयमा मञ्च

जिल्लाको दक्षिण–पश्चिम भारतीय सीमाक्षेत्र छतौनास्थित एक विद्यालयमा स्थानीय समाजसेवीले लाखौं खर्च गरी मञ्च निर्माण गरिदिएका छन्। बलरा नगरपालिका–११ छतौनास्थित सुधा राजेश्वर माविमा स्थानीय उमेश सिंहले ५ लाख रुपैयाँ लागतमा शैक्षिक तथा सांस्कृतिक मञ्च निर्माण गरिदिएका हुन्। सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सिंहले आफ्नो व्यक्तिगत खर्चमा सो मञ्च निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक प्रेमेन्द्रकुमार ठाकुरले जानकारी दिए। बिहीबार नै मञ्चको उद्घाटन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तले रिवन काटेर सो मञ्चको उद्घाटन गरेका छन्।

आयोजनाकाे बजेटजति परामर्श खर्चमा, मेलम्चीको मात्रै सवा ५ अर्ब

महालेखाको ५६ औं प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजना समितिको अधिकांश निर्णय परामर्शदातामा निर्भर हुने गरेको देखिएको छ।  सम्झौताको सर्त र प्रावधानविपरीत काम हुँदासमेत समिति र बोर्डका पदाधिकारी मौन बसेका कारण आयोजना सकिन ढिला भएको र लागतसमेत बढिरहेको छ।

भेरी–बबई सुरुङको बाटो

मुलुकमा तोकिएका समय र लागतमा आयोजना निर्माण सम्पन्न भएका उदाहरण ज्यादै कम छन्। अहिले मुलुकको रोग नै तोकिएका अवधि र बजेटमा आयोजना सम्पन्न नहुनु हो। तर यहीबीच ठूलामध्ये एक भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तोकिएकै बजेटभित्र समय सीमाभन्दा एक वर्ष छिटो सकिएको छ।

ठूला आयोजना : ढिलाइ गर्दै, लागत बढाउँदै

सन् २००६ मा निर्माण कार्य थालिएको हुलाकी सडक कहिले सम्पन्न हुन्छ यकिन छैन । तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी सडक बनिसक्ने मिति यकिन नहुँदा विकासको आसमा रहेका सर्वसाधारण निराश छन् । त्यस्तै सडकको लागत खर्च बढेर चार गुणाभन्दा बढी पुगिसकेको छ ।

‘चिक्स होलिडे’ गर्दै कुखुरापालक किसान

लागत मूल्य नपाउँदा कुखुरापालक किसानले आन्दोलन सुरु गरेका छन्। बिचौलियाका कारण किसान घाटामा गएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग किसानले राखेका छन्। किसानका माग सम्बोधन नभए पुस १ गतेदेखि ‘चिक्स होलिडे’ गर्ने नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिए।

२१ करोडको लागतमा गुम्बा निर्माण सुरु

खोटाङको नुनथलामा बौद्ध धर्मावलम्बीको बिशाल गुम्बा निर्माण सुरु गरिएको छ। रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा नगरपालिकाको क्रमागत बजेट र विभिन्न दाताको चन्दा दानबाट ‘ला ज्यालो वाङ थोप’ नामक बिशाल गुम्बा निर्माण सुरु गरिएको हो।

तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु

बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ।

पाँच करोड लागतमा खानेपानी आयोजना निर्माण हुँदै

रसुवामा तीनवटा ठूला खानेपानी आयोजना निर्माण हुने भएको छ । पिछडिएका, छुटमा परेका भूकम्पपीडित र कुपोषण संकटापन्न समुदायलाई लक्षित गरी आयोजना निर्माण गर्न लागिएको हो।

कोलकातामा १७ करोडको लागतमा ‘नेपाल हाउस’ बन्दै

ऐतिहासिक पृष्टभूमिले नेपालसँग सबैभन्दा बढी जोडिएको र तेस्रो मुलकसँगको व्यापारका लागि मुख्य पारवहन मार्ग भारतको कोलकातामा १७ करोड रुपैयाँ लागतमा ‘नेपाल हाउस’ बन्दैछ । त्यहाँ बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था संयुक्त नेपाली वेलफेयर ट्रस्टको अगुवाइमा ‘नेपाल हाउस’ निर्माण गर्न लागिएको हो।

करोडौं लागतमा निर्माण भएको सडक अनुगमन फितलो

जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा निर्माण भएको सडकको अनुगमनमा लापरवाही भएको छ। सडक अनुगमन गर्दा जिल्ला सदरमुकामबाट एक दुईजना मात्र आएर हचुवाको भरमा अनुगमन गरेको स्थानीयवासीले गुनासो गरेका हुन्।

केरुङ-काठमाडौं रेल मार्ग : तीन खर्ब लागत अनुमान

नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन् । स्थलगत अध्ययन गरेको टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारको हातमा रहेको संकेत पनि गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्