११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विवादित खानेपानी आयोजनाको लागत बढ्यो

सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ । विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

दुई अर्ब ८० करोड लागतमा बन्ने भयो नयाँ धरहरा

पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँ लागत अनुमानको अध्ययन गरेको छ। विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो।

३३५ मेगावाटकाे माथिल्लो अरुण कम्पनी ढाँचामा बनाइने, ५३ अर्ब लागत अनुमान

सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ ।

चार कराेड लागतमा बनेको गौर बसपार्क सञ्चालनमा

रौतहटको सदरमुकाम गौरमा निर्माण गरिएको बसपार्क मंगलबारदेखी औपचारीक सञ्चालनमा आएको छ। बसपार्क निर्माणकार्य सम्पन्न भएको एकबर्ष पूरा हुँदा पनि राजनीतिक गतिरोधका कारण सञ्चालनमा आउन सकेको थिएन।

चोभारमा ३१ करोड लागतमा फलफूल र फूलको थोक बिक्री केन्द्र स्थापना हुने

विश्व बैङ्कको रु ३१ करोड ७४ लाख ९२ हजार ८३२ को लागतमा आगामी १३ महिनाभित्र कीर्तिपुर नगरपालिका– १४ मा फलफूल र फूल सङ्कलन केन्द्रको निर्माण गरिने भएको छ।

लागतभन्दा कम मूल्यमा उखु बेच्न बाध्य रौतहटका किसान

उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्य तोक्ने वार्ता असफल भएपछि रौतहटका किसानले कौडीको भाउमा उखु बेच्न थालेका छन् । चिनी उद्योगले किन्ने मूल्यभन्दा आधा घटीमा किसानहरुले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेको देखिएको छ ।

गाउँको बिद्यालयमा करोड लागतमा इ–लाइब्रेरी स्थापना

गाउँको एक विद्यालयमा करोडको लागतमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ। शिक्षा कार्यालय, संसद विकास कोष, एनआरएन युरोप संयोजक कुल आचार्य र स्थानीयको सहयोगमा धाइरिङको कृष्णभवन उच्चमाविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो।

नोट छपाइमा लागत घट्यो, सुरक्षण बढ्यो

नेपाल राष्ट्र बैंकले अघिल्लोपटकको तुलनामा यसपटक सस्तो दरमा नोट छापेको छ । डलरको मूल्य उकालो लागेको र नेपाली रुपैयाँको अवमूल्यन भएको समयमा पनि सस्तो दरमा नोट छाप्नुलाई उसले सफलता भनेको छ ।

नौ करोडको लागतमा कानको अस्पताल बन्दै

नका बिरामीलाई लक्षित गरी वीगन्जमा आधुनिक अस्पताल बनाउन सुरु गरिएको छ। करिव नौ करोड रुपैयाँको लागतमा वीरगन्ज –१७ बहुअरीमा ‘रुङ्टा वेलफेयर कान उपचार केन्द्र’को निर्माण सुरु गरिएको इम्पेक्ट नेपालका महासचिव डाक्टर बिमल सिन्हाले बताए।

माथिल्लो तामाकोसीको लागत ५० अर्ब पुग्ने

सरकारले 'राष्ट्रिय गौरव आयोजना'को सूचीमा राखेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत करिब ५० अर्ब रुपैयाँ पुग्ने भएको छ। यो सुरु लागतको करिब ४३ प्रतिशत बढी हो।

नयाँ धरहरा ११ तले, ४२ रोपनीमा फैलिने, ३ अर्ब लागत

काठमाडौं– विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ। हाल ५ रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो।

पञ्चेश्वरको लागत पाँच खर्ब

काठमाडौं-पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’ तयार गरिरहेको वापकोस लिमिटेडले यसको लागत करिब ५ खर्ब रुपैयाँ निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्