११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

चार कराेड लागतमा बनेको गौर बसपार्क सञ्चालनमा

पुज गरेर बसपार्कको उद्घाटन गरिदै। तस्बिरः मदन ठाकुर

रौतहट-रौतहटको सदरमुकाम गौरमा निर्माण गरिएको बसपार्क मंगलबारदेखी औपचारीक सञ्चालनमा आएको छ। बसपार्क निर्माणकार्य सम्पन्न भएको एकबर्ष पूरा हुँदा पनि राजनीतिक गतिरोधका कारण सञ्चालनमा आउन सकेको थिएन।

गौर नगरपालिककाका कार्यकारी अधिकृत संतोष मिश्रले विधिवत् पुजापाठ गरेर मंगलबार उद्घाटन गरेका हुन्।

गौर नगरपालिका–७ गढवास्थित २ विगहा भन्दाबढी क्षेत्रफमा बसपार्क निर्माण भएको छ। बसपार्क सञ्चालनमा आएपछि स्थानीयले खुसियाली मनाएका छन्।

नगर विकास कोषको ४ करोड ५५ लाख अनुदानबाट बसपार्क निर्माण भएको हो। २०६७ असोज ५ गते ठेक्का सकार गरेपनि २०६८ भदौ १५ गते रसुवा-आश्रय जेभीले सम्झौता गरेर कार्य थालनी गरेको बहुबर्षीय आयोजना २०७२ भदौ १७ गते निर्माण सम्पन्न गरेको हो।

प्रकाशित: २८ मंसिर २०७३ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App