५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हस्तान्तरण नहुँंदै पानी चुहियो करोड बढी लागतमा बनेको सम्पदामा

भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण नहुँंदै पानी चुहिएको छ । बुधबार पहिलो पटक ठूलो बर्षा हुँंदा भजनघरको जताततै पानी चुहिएर समस्या परेको थियो । यो हिसावले यही बर्खामै पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक भवन विग्रने निश्चित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।  

लकडाउन अगाडि नै निर्माण सम्पन्न भएपनि भजन घरको हस्तान्तरण कार्य हुन सकेको छैन । मुख्य बजारमै पर्ने भजन घरको भुईतलामा पसल राख्नेहरुले प्लाष्टर गरी ऐतिहासिक सम्पदा विपरितको निर्माण कार्य गरेकाले हस्तान्तरणमा ढिलाई भएको हो ।

ऐतिहासिक सम्पदा भएका कारण भजन घर ढलान गरी बनाइएको थिएन । त्यसकारण छतमा पनि ढलान थिएन । परम्परागत रुपमै इटा, माटो, काठ, बज्र सिमेन्टको विकल्पमा प्रयोग गरिने सिमेन्ट जस्तो निर्माण सामाग्री) को जोडाइबाट भजन घर बनाइएको हो ।  

छतमा झिंगतीले छाएको छ । परम्परागत रुपमा काठ, इटा अनि काठको टेकोको प्रयोगबाट छानामा झिंगटी छाएको थियो । त्यही झिंगटीबाट सवैतिर पानी चुहिएको हो । चुहिएको पानी चारतल्ला मुनिको भुईसम्म पुगेको थियो ।  

स्थानीयका अनुसार २०७२ सालको महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो घर बस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुनर्निर्माण गर्न लगाएको हो । अहिले भजन घरको बाहिरी पुनर्निर्माणको काम सकिएको छ । भित्रतिर विजुलीको तार राख्ने, रंग लगाउने र भर्‍याङ मिलाउन मात्रै बाँंकी छ ।  

पुनर्निर्माणको क्रममा भर्‍याङ पनि गलत राखिएको छ । बुढाबुढी तथा ससाना केटाकेटी उक्लनै नसकिने गरी अग्लोअग्लो सिढीको काठको भर्‍याङ राखिएको छ । प्रति भर्‍याङको उचाई एक फिटको छ, जसमा युवा उमेकाहरु मात्रै उक्लन सक्ने अवस्थाको छ । सामान्यतया भर्‍याङको उचाई आधा फिट अर्थात् ६ देखि सात इन्चको मात्रै हुने गर्दछ ।  

लकडाउन अगाडि नै निर्माण सम्पन्न भएपनि भजन घरको हस्तान्तरण कार्य हुन सकेको छैन । मुख्य बजारमै पर्ने भजन घरको भुईतल्लामा पसल राख्नेहरुले प्लाष्टर गरी ऐतिहासिक सम्पदा विपरितको निर्माण कार्य गरेकाले हस्तान्तरणमा ढिलाई भएको हो ।  

भजन घरको तल भुईतल्लामा दुई वटा पसल कवल भाडामा छ । ती दुई पसल धनीवालाले नियमविपरित पसलको भुई र भितामा आफूखुशी प्लाष्टर गरेका कारण निर्माण सम्पन्न भए पनि हस्तान्तरण कार्य ढिलाई भएको हो । ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्दा वालुवा र सिमेन्टको सता बज्रको प्रयोग गरी प्लाष्टर गर्नुपर्ने नियम छ । नियमविपरित प्लाष्टरको प्रयोग गरेकोले हस्तान्तरणमा ढिलाई भएको जनाइएको छ ।  

भजन घर पुनर्निर्माणको रेखदेखका लागि स्थानीयस्तरबाट गठित समितिका अध्यक्ष डा इन्दुल केसीले पुनर्निर्माण सम्पन्न भए पनि ऐतिहासिक भजन घरको पुनर्निर्माणमा सिमेन्टको प्रयोग हुनाका कारण भबन हस्तान्तरण हुन नसकेको जनाए । साथै हस्तान्तरण नहुँंदै वर्खामा सवैतिरबाट पानी चुहिएको पाइएकोले यो मर्मतसुधार नगरेसम्म हस्तान्तरण गरेर लिन नसकिने जनाए । साथसाथै भर्‍याङ नयाँं फेरेर नराखेसम्म पनि यो भजन घर काम नलाग्ने उनले जनाए । नियमवितपरित तथा कमसल निर्माणको विषयमा सरोकारवालाहरुलाई बारम्वार जानकारी दिंदा पनि केही नभएको उनले जनाए ।

यो विक्रम संवत् १९९३ मा स्थापित भक्तपुरकै पुरानो भजन घर रहेको प्रमाण छ । यो श्याम सुन्दर रास भजन मण्डल र श्री भुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा छ । घर हस्तान्तरण नहुँंदा भजन गर्ने ठाउँं तथा त्यसभित्रका कृष्ण, राधा अनि रुक्मिनी देवताको मूर्ति भजन घर नजिकैको चोकमा अस्थायी टहरामा राखिएका छन् ।

प्रकाशित: २९ जेष्ठ २०७७ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App