११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लक्षणसहितका संक्रमित देखिनु खतराको संकेत : डा. भुसाल (अन्तर्वार्ता)

कोभिड–१९ बाट संक्रमण हुने क्रम दक्षिण भारत हुँदै नेपालमा पनि बढेको छ। पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणका कारण मृत्युसमेत भइरहेको छ। सरकारले लकडाउन खुकुलो पारेसँगै संक्रमण अझ बढेको हो। लकडाउन हुँदा आवतजावत कम हुन्थ्यो र मानिसको संसर्गबाट संक्रमण सर्ने जोखिम पनि कम हुन्थ्यो। तर अहिले लकडाउन खुकुलो भएसँगै मानिसको भिडभाड बढ्न थालेको छ। मानिसमा यसप्रतिको डर हटेको छ।

कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिकाको सेवा बन्द

गाउँपालिकाका कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। ४२ वर्षिय कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

३७ हजार ४ सय नेपाली घर फर्किए

कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो।

लग्जेम्वर्गमा वैवाहिक वर्षगाँठमा सहभागी ३५ नेपाली कोरोना संक्रमित

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन्। गैर अवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ। अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

जगदम्वा इन्टरप्राइजेजको लापरबाहीले गयो सिइओको ज्यान

कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको (सीईओ) नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टिन गरिएको छ।

काँकरभिट्टा नाकामा कार्यरत १२ सशस्त्र प्रहरीमा कोरोना

पूर्वी नाका काँकरभिट्टामा कार्यरत थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ। यस अघि २० जना शसस्त्र प्रहरीमै संक्रमण देखिएको थियो। अहिले उनीहरु उपचारमा छन्।

कोरोनाका कारण वीरगन्जमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज–१६ निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।

रातको समय काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

अब रातको समयमा काठमाडौं प्रवेश गर्न नपाइने भएको छ। रातको समयमा लुकिछिपि राजधानी प्रवेश गर्नेको संख्या बढेपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो। बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाइएको हो।

प्रहरी मुख्यालयमा कार्यरत थप ९ जनामा कोरोना, देशभर २२१ प्रहरी संक्रमित

नेपाल प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना देखिएको छ। यो सँगै ४४ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। आइत, सोम, मंगल र वुधबार गरिएको परीक्षणमा ३५ जनामा कोरोना देखिएको थियो।

प्रदेश कोरोना संकटमा, मुख्यमन्त्री र मन्त्री काठमाडौं सयरमा

कोरोना संकटले निरन्तर गाँज्दै लगेको प्रदेश १ लाई त्यसबाट जोगाउने उपाय खोज्नुपर्ने बेलामा मुख्यमन्त्रीसहितका मन्त्रीहरु भने काठमाडौं सयरमा छन्। विराटनगरमै रहेर कोरोना नियन्त्रणमा भूमिका गर्नुपर्ने उनीहरु सत्तारुढ नेकपाको विवादको निहुँमा बालुवाटार र खुमलटारको फन्को लगाउन व्यस्त बनेका हुन्।

होम आईसोलेसनमा बसेका संक्रमित भन्छन् : स्वास्थ्यको जानकारी लिन कोही आएनन्

गुलरिया नगरपालिका–५ का ५५ वर्षिय कोरोना संक्रमित संचारकर्मी अघिल्लो शुक्रबारदेखि घरकै आईसोलेसनमा छन्। तर, एक साता बित्दासम्म कुनै स्वास्थ्यकर्मीले स्वास्थ्य अबस्था जानकारी नलिएकोमा उनी दुखी छन्।

प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना

प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप २३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ। सोमबार ४ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा २३ जनामा कोरोना देखिएको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले बताए। संक्रमित हुनेहरुमा सवारी शाखाका धेरै छन्।

प्रदेश १ : समुदायमा कोरोना, प्रदेश र स्थानीयतह आरोप प्रत्यारोपमै मग्न

प्रदेश १ को राजधानी सहर विराटनगरमा केही दिनयता ‘ट्राभल हिस्ट्री’ नै नभएकाहरुलाई पनि धमाधम संक्रमण पुष्टि भइरहेको छ। प्रदेश १ का अन्य जिल्लाहरुमा पनि संक्रमित संख्या लगातार बढिरहेको छ। केही समय मत्थर जस्तै भएको कोरोना संक्रमणको दर एक्कासी कसरी बढ्यो ?

पर्सामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार राति आएको रिपोर्टमा पर्सा जिल्लामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जका बिभिन्न वडाका ब्यक्ति, एउटा उद्योगमा कार्यरत कामदार, अन्य जिल्लाका मानिसहरु गरी १५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायि कोभिड अस्पतालका डा. निरज सिंहले बताए।

सिन्धुपाल्चोकमा कोरोना शून्य

कोरोना भाइरसले दुईको ज्यान लिएको सिन्धुपाल्चोकमा अहिले कोरोना शून्य भएको छ। मृत्यु भएकाबाहेक संक्रमित सबै उपचारपछि निको भइ घर फर्केपछि जिल्ला कोरोना शून्य भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्