कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज–१६ निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।
ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि ति व्यक्ति मंगलबार अस्पतालमा भर्ना भएका थिए। ति व्यक्तिको बिहीबार करिव ८ बजे मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ।
प्रकाशित: १५ श्रावण २०७७ १७:३२ बिहीबार