४ वैशाख २०८१ मंगलबार
समाज

कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिकाको सेवा बन्द

गाउँपालिकाका कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ।   ४२ वर्षिय कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ।  पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका उच्च तहका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।  

साउन १४ गते गाउँपालिकाको क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट ९ जना व्यक्तिहरुको स्वाब नमुना संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा पिसिआर जाँचको लागि पठाइएकोमा एक जनामा कोभिड १९ पोजेटिभ र ८ जनाको रिर्पोट नेगेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्ययाले बताए।  संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको पिसिआर परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए।  

गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको सेवा बन्द गरिएको जानकारी दिए।  ‘कोभिडको जोखिम देखियो अहिले सेवा बन्द गरेका छौँ,’ उनले भने।  गाउँपालिकाको आइतबार बसेको आकस्मिक बैठकले आईतबारदेखी साउन २० गतेसम्मको लागि गाउाँपालिकाको सेवा बन्द गरेको गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले जानकारी दिए।  गाउँपालिकाकाले एक सूचना जारी गर्दै कोभिड १९ को संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको जनाएको छ।  

 

 

 

 

प्रकाशित: १८ श्रावण २०७७ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App